थाइल्याण्ड एन आर एन मा सदस्यता विवाद ले उग्र रुप लिदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार १०:३७

bangkokथाइल्याण्ड ।   करिब एक लाख नेपाली मूलका बिदेसि नागरिक (गैर आबसिय नेपाली ) रहेको थाइल्याण्ड मा पंजीकृत सदस्य संख्या जम्मा १५० को हाराहारीमा मात्र रहेको थाइल्याण्डमा पछिल्लो समय धेरै नेपालीहरु पंजीकृत सदस्य बन्न ऊत्सुक्ता देखाउदा हालको समितिले विभिन्न बहाना मा सदस्यता लिन बन्चित गरे पछि विवाद ले उग्र रुप लिन थालेको हो । आधिकान्स आफ्ना मान्छे तथा आफुले भनेको टेर्ने मान्छे हरुको सानो समूह बनाई गरिमामय सस्था को दुरुपयोग गरेको गुनासो रहेको छ तर समिति ले कुनै कुरा सुनुबाइ नभएपछि व्यापक हस्तक्षर सङ्कलन गरि अन्तरराष्ट्रिय परिसद मा पठाउने तयारी भएको एक सदस्यले राष्ट्रिय खबर डटकम र थाई नेपाल न्युज डटकमलाई बताए । उनका अनुसार जनर्जस्ती अधिबेसन भए त्यसको प्रतिकार गर्ने तथा समानान्तर एन आर एन बनाउन समेत तयार रहेको जानकारी थाई नेपाल न्युज ला प्राप्त भएको छ ।

प्रतिक्रिया