बिश्व वरियताको एक सयभित्र नेपालका चार बलर, कप्तान खड्का झरे बसन्त उक्लिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार १०:२२

nepali_cricket_team_Paras_Khadka

काठमाडौं । आइसीसी बिश्व वरियतामा नेपाली क्रिकेट टोलीका चार बलर एक सयभित्र परेका छन् । बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, कप्तान पारस खड्का एक सयभित्र परेका छन् । त्यसैगरी तीन ब्याट्सम्यान पनि एकसय भित्र पर्न सफल भएका छन् ।  कप्तान पारस खड्का, शरद भेषवाकर, र सागर पुन एक सयभित्र परेका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल एक सयभन्दा बाहिर परेका छन् ।
शुक्रबार गरेको आइसीसीको बरियतामामा कप्तान पारस खड्कालाई बलर बसन्त रेग्मीले पछि पारेका छन् । यसअघि कप्तान खड्का ६४ औ स्थानमा थिए । पछिल्लो बरियता अनुसार बसन्त ६३ औ स्थानमा उक्लेका छन् भने कप्तान खड्का ७२ औ स्थानमा पुगेका छन् ।
त्यसैगरी ब्याट्सम्यान शरद भेषवाकर यसअघि ८० औ स्थानमा थिए । दुई तीन स्थान माथी उक्लेर उनी ७७ औ स्थानमा पुगेका छन् । ओपनर ब्याट्सम्यान सागर पुन ९१ औ स्थानमा पर्न सफल भएका छन् ।
आइसीसी विश्वबरियतामा नेपालको भने स्थान यथावत रहेको छ । नेपाल बिश्व वरियताको १५ औ स्थानमा छ । आइसीसी टी २० छनोट प्रतियोगितामा खराव प्रर्दशन गरेको नेपाली टोलीले विश्व वरियता भने जोगाएको छ ।
टी २० छनोटमा कमजोर प्रर्दशन गरेका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल वरियतामा पछि परेका छन् भने बसन्त गौतम निकै अगाडी आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१