नेप्लिज एसोसियशनमा बिशालको उम्मेद्वारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार ०८:१४

11791750_10207178186595209_1014993561_n काठमाण्डौ, ९ साउन । आउदो सेप्टेम्बर ४ देखि ६ तारिख सम्म अमेरिकामा हुने नेप्लिज एसोसियशन दक्षिणपुर्बी अमेरिकाको एघारौ सम्मेलनमा अमेरिकाको प्रतिष्ठित बैंक ‘वेल्स फर्गो’को ‘स्टार म्यानेजर अफ दि इयर’को एवार्ड प्राप्त गर्न सफल बिशाल भारतीले कार्यकारी उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । अमेरिकामा पहिलो पटक नेपाली युवाले प्रतिष्ठित बैंकको उत्कृष्ट म्यानेजरको एवार्ड जिते पछी त्यहा रहेको विभिन्न संघ सस्थाले उनलाई सम्मान तथा सस्थाको नेतृत्व गर्न आग्रह गरेका थिए जस अनुसार भारतीले सामुदायिक सस्थामा नेतृत्वका लागि रुची देखाएका हुन् । उनले ९ हजार भन्दा बढी शाखाका हजारौ कर्मचारीलाई पछी पार्दै उत्कृष्ट म्यानेजरको एवार्ड जिते संगै नेपालमा समेत उनको खुलेरै प्रसंसा गरिएको थियो यिनै बिशाल अहिले एसोसियशनको नेतृत्वका लागि अग्रसर देखिएका छन् । सामाजिक सेवाभाबको इच्छाले उम्मेद्वारी घोषणा गरेको बताउने बिशालले उमेम्द्वारी संगै ८ बुदे प्रतिबद्दता समेत गरेका छन् आफु एसोसियसनको कार्यकारी उपाध्यक्ष पदमा बिजयी भए सदैब नेपाल र नेपालीको पक्षमा रहेर काम गर्ने बताएका छन् । देशमा गएको विनासकारी भूकम्पका कारण आफ्नो पहलमा कार्यरत बैंक बाट देशलाई करिब १ करोड रुपैया सहयोग गरेको बताउदै नेपालको पुनर्निर्माणमा सकृय भूमिका निर्बाह गर्ने प्रतिबद्दता गरेका छन् साथै उनले कला साहित्य,मनोरंजन र खेलकुदका साथै हरेक सामाजिक कार्यमा आफ्नो उपस्थिति रहने प्रतिबद्दता गरेका छन् ।11798338_10207178186475206_409509042_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१