सीआईए र युरोपका इसाई राष्ट्रहरुले चाहेको हो विश्वयुद्ध ! के नेपाल बाँच्न सक्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार ०७:५१

261829_1836462427540_771920_nदीर्घराज प्रसाई । नेपालमा राजा नहुँदाको अवस्थामा चीन पश्चिमाहरुको षडयन्त्रबाट सुरक्षित नहुने ठान्छ । उसले यहाँ विश्वमा वदनाम अमेरिका र भारतका गुप्तचर संस्था ‘सीआए’ र ‘रअ’ को विरुद्ध जाग्न सक्छ । चीनले पश्चिमा साम्राज्यवादी शक्तिलाई लखेट्नु भनेको नेपाल प्रवेश नै हुनसक्छ । चीन नेपालमा प्रवेश गर्छ भने भारतले आफूलाई खतरा ठान्छ । यस परिस्थितिमा के नेपाल बाँच्न सक्छ ? भारतको प्रशासनिक संयन्त्र, सीआईए र युरोपका इसाई राष्ट्रहरुले चाहेको पनि यही हो । तर यसैबाट तेस्रो विश्वयुद्धको प्रारम्भ हुनसक्छ । सबैले बुझ्ने कुरा छ कि नेपालको राजसंस्था एक सशक्त राष्ट्रवादी र चीन र भारतको बीचमा समन्वयकारी संस्था हो । यस परिस्थितिमा पार्टीका नेताहरुले जनपक्षीय राजसंस्थाको अवधारण बनाएर राजासँग सहकार्य गर्ने समर्पण नदेखाएमा हामी कोही पनि सुरक्षित हुनसक्ने छैनौं । हामी संसदीय व्यवस्थाको सुदृढीकरण गरेर अगाडि बढ्न चाहन्छौं । तर पार्टीभित्रका माथिल्ला नेताहरुले देशलाई धोका दिएकाले देशै डुब्ने स्थिति आएकाले पार्टीभित्र र बाहिरका सम्पूर्ण राष्ट्रवादीहरु देश बचाउन उठ्नुपर्छ ।सार्वभौम–नेपाल हिन्दु तथा बुद्धको आधिकारिक थलो हो । प्राकृतिक र सांस्कृतिक हिसाबले नेपाल धनी छ । यसै कारणले यहाँका वैभवहरु लुट्न यहीका केही पार्टीका नेताहरुलाई उचालेर विदेशीहरु लागिपरेका हुन्छन् । कुनै पनि अप्ठयारो अवस्थामा पनि राष्ट्रियता बचाउन हामी नेपालीहरु सचेत हुनुपर्नेमा आज हामी सबै नेताहरुको भुलभुलैयामा परेका छौं । देशका स्थापित मूल्य र मान्यता, हिन्दुअधिराज्य र एकताको प्रतीकको रुपमा स्थापित राजसंस्थाको तेजोवध गरेर देशलाई लथालिङ्ग बनाएर विदेशीहरुको रणभूमि बनाउन लागेको बेलादेखि नेपालको अवस्था अन्धकार छ । नेपालको एकता, सार्वभौमसत्ता र स्थिरताको लागि राजसंस्था र हिन्दुअधिराज्यका लागि हामी सबैको समर्पण हुनु पर्दछ ! देश बचाउनका लागि नेपालमा हिन्दुअधिराज्य र राजसंस्था स्थापित हुनेबित्तिकै नेपाल सुरक्षित हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१