सौर्य उर्जा विमानले पहिलो उडान भर्‍यो, २०१५ मा विमानले विश्व भ्रमण गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७१, सोमबार १५:०६

काठमाडौं, १९ जेठ  । स्वीट्रल्याण्डमा सौर्य उर्जा विमानले पहिलो उडान भरेको छ । ‘सोलार इम्पल्स टु भेहिकल’ नामक यो विमानले ६ हजार फिटसम्म दुई घण्टाको उडान भरेको हो ।

विमानको उडान समग्रमा सकारात्मक रहेको बताइएको छ । विश्वमै रात र दिनको समयमा विमानमा कुनै इन्धन नभरिनेगरि प्रणाली तयार पारिएको यो पहिलो सौर्य विमान हो ।

दिउँसोविमानको सोलार सेलले लिथियम व्याट्रीलाई गरेको चार्जबाट रातको समयमा त्यही इन्धन प्रयोग हुने छ । विमानको गति १ सय ४० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

२ दशमलब ३ टनको यस सौर्य विमानले सन् २०१५ मा विश्व भ्रमण गर्दैछ । (एजेन्सी) 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१