विप्लव माओवादीको बन्द सकियो, चल्न थाले सडकमा गाडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार १७:२०

काठमाडौं, ८ साउन । विप्लव माओवादीले आज गरेको बन्द सकिएको छ । आज विहानदेखी सुरु भएको बन्दले नेपालका सम्पुर्ण जिल्लाहरु अस्तव्यस्त बनेका थिए । कयौं ठाँउमा बन्दकर्ताहरुले गाडीमा आगजनी गरेका थिए भने कयौं गाडीमा तोडफोड समेत गरेका थिए । केहि बेर अगाडी मात्र नयाँ बजारबाट सोह्रखुट्टेतर्फ गइरहेको बा १ ज २३०१ नम्बरको ट्याक्सीमाथि धारा गल्लीमा आगजनी भएको थियो  । ट्याक्सी पूर्णरुपमा जलेको छ । त्यस्तैं यस्ता अराजक गतिविधि आज धेरै जसो ठाँउमा भएको प्रहरीले जानकारी दिएको छ । आजको बन्द ५ बजेदेखी पुर्ण रुपमा सकिएको स्रोतले बताएको छ । विप्लव माओवादीका एक नेताले भने -‘बन्द शान्तिपूर्ण रुपमा सफल भएको छ, सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर निर्धारित समयभन्दा एक घन्टा अघि नै बन्द फिर्ता लिइएको हो।’ विप्लव माओवादीले आजको बन्द ६ बजेसम्मका लागि तोकेको थियो । बन्द फिर्ता भएसँगै राजधानीका सडकमा मोटरसाइकल तथा निजी सावरी साधन गुड्न थालेका छन्।

bandaनेपाललाई थाहै नदिई भारत र चीनले सुटुक्क नेपाली भूमि लिपुलेकमाथि सम्झौता गरेको बिरोधमा विप्लब माओबादीले केहिदिन यता देखी संघर्ष गर्दै आएको छ । संविधानको मस्यौदा पारित गरेको र भारत र चीनबीच लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आयोजन गरेको थियो । भरखरै भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गरिएको पार्टी प्रवक्त खड्कबहादुर विश्वकर्माले जानकारी दिए । विश्वकर्माले भने -‘आजको बन्द राष्ट्रिय स्वतन्त्रताको लागि, लिपुलेकलाई प्रमुख एजेन्डा बनाउँदै र कामदार वर्गका लागी नभएर नयाँ सामन्तहरुका लागि थियो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१