यी केटा हुन् भन्दा पत्याउनुहुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ११:४५

बेलायतको म्यानचेष्टरमा बस्दै आएका एक व्यक्ति सामान्य जीवन बिताइरहेका थिए । तर, करिब १३ वर्षको उमेरमा उसलाई के महसुस भयो भने ऊ अन्य केटाहरू जस्तो छैन् । त्यतिबेला उसको छाति महिलाहरूको जसरी नै बढ्न थाल्यो । उसको शरीरको केही भागले महिलाहरूको जस्तै आकार लिन थाल्यो । अहिले ती व्यक्ति ३८ वर्षको भएका छन् । चार्ल्स डार्लिंग एक अनौठो र दुर्लभ रोगको शिकार बनेका छन् । यसै कारणले उनको शरीरमा पुरूषको साथै महिलाको पनि केही गुण आएका छन् । १८ वर्षको उमेरमा चिकित्सकले जाँच गरेपछि उनको शरीरमा एक्स्ट्रा फीमेल क्रोमोसोम भएको बताएका थिए ।

woयसलाई स्वास्थ्य विज्ञानको भाषामा क्लाइनफेल्टर सिन्ड्रोम भनिन्छ । सुरूदेखी नै छोराको रूपमा पालिएको थियो, तर अब उनले महिलाको रुपमा जीवन बिताउन थालेका छन् र आफ्नो नाम चार्ल्सबाट परिवर्तन गरेर चार्ली राखेका छन् । तर, उसका परिवारका मानिसले उनको छाती घटाएर उनको महिला जस्तो देखिने तथ्यलाई लुकाउन चाहिरहेका थिए तर, उनको छाती निकै ठूलो भएको थियो । चार्ल्स पेशाले मेकअप आर्टिस्ट हुन् । उनले भने, ‘मलाई पहिलो पटक त यस्तो लाग्यो की म होमोसेक्सुअल हुँ । किनकी म केटाको रूपमा हुकाइएको थिए र अचानक मेरो छाती बढ्न थाल्यो । अब म केटाभन्दा आफूलाई केटी भएको महसुस गर्छु ।’ उनले आफूले सेक्स चेन्ज गर्न चाहदैनन्, जुन उनले प्राकृतिक रूपमा त्यसैमा रमाउन चाहन्छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१