अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हिजो २०७१ जेठ १८ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा आयोजना विशेष स्रष्टा सम्मान तथा पुस्तक विमोचन समारोहको आयोजना गर्यो |
सम्मानित स्रष्टाहरुमा क्रमश : डा. अंगुरबाबा जोशी, डा. गार्गी शर्मा, गीता केशरी, गायत्री श्रेष्ठ, चद्रकला नेवार, माया ठकुरी र विन्दिया सुब्बा, दार्जीलिंग हुनुहुन्छ | यसैगरी स्रष्टा गीता खत्रीको नियात्राकृति ‘झोखांगदेखि मजटालानसम्म’ को विमोचन कार्यक्रमका प्रमुख आतिथि वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले गर्नु भयो | कार्यक्रममा सम्मानित स्रष्टाहरुका बारे वरिष्ट समालोचक डा. लक्ष्मनप्रसाद गौत्तमले तथा विमोचित कृतिका बारे वरिष्ट नियात्राकार युवराज नयाघरेले बोल्नु भएको थियो |
यसैगरी सो कार्यक्रममा प्रमुख आतिथि वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, विशेष अतिथि पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेती, अनेसासका सल्लाहकार तथा वरिष्ट समालोचकहरु डा. ताना शर्मा र डा. खगेन्द्र लुइटेल, सम्मानित स्रष्टाहरु डा. अंगुरबाबा जोशी, विन्दिया सुब्बा र गीता केशरी, अनेसास अध्द्यक्ष गीता खत्री, अनेसास वरिष्ठ उपाध्द्यक्ष राधेश्याम लेकाली, साहित्यकार यादव भट्टराईलगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो |
प्रतिक्रिया