इरानमा ६ महिनामा सातसय जनालाई फाँसी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ११:३१

fashiमानवअधिकार संस्था एमनेष्टि इन्टरनेशनलका अनुसार इरानमा विगत ६ महिनामा झण्डै सात सय जनालाई फाँसी दिइएको छ । गत जनवरीदेखि १५ जुलाईबीच ६९४ जनालाई फाँसी दिइएको सो संस्थाले जनाएको छ । इरानी अधिकारीहरुले स्वीकार गरेभन्दा यो आँकडा तीन गुणा बढी हो । विश्वसनीय सूत्रलाई उद्धृत गर्दै एमनेष्टिले भनेको छ, ‘सन् २०१४ मा कम्तीमा सात सय ४३ जनालाई फाँसी दिइएको थियो ।’ तर इरानी अधिकारीहरु भने यस्तो आँधडा निकै कम बताउने गर्दछन् । स्वतन्त्रता र निष्पक्षताको पूर्ण रुपमा अभाव रहेका अदालतहरुले नै मृत्युदण्डको फैसला गर्ने भएकाले पनि एमनेष्टिले मृत्युदण्ड पाउनेहरुको संख्या बढ्दै जानु चिन्ताको विषय भएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१