श्रीलंकाली ट्वेन्टी – ट्वेन्टी टोलीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ११:१६

irlankaपाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी श्रृखलाका लागि श्रीलंकाले टोलीको घोषणा गरेको छ । लासिथ मालिङ्गाको कप्तानीमो घोषणा गरिएको टोलीमा ५ नयाँ अनुहारलाई समेटिएको छ । एकदिवसीय टोलीको उपकप्तान लाहिरु थिरिमने र दिनेश चण्डिमाललाई ट्वेन्टी ट्वेन्टीमा समावेस गरिएको छैन भने चामरा कपुगेदरा ३ वर्षपछि टोलीमा पुनरागमन गरेका छन् । आगामी साउन १४ र १६ गते हुने खेलका लागि छनौट गरिएको टोलीमा तिब्र गतिका बलर बिनुरा फर्नाण्डो, लेग स्पिनर जेफ्रि भाण्डरसे र ब्याट्समेनहरु सेहन जयसूर्या, दासुन शनाका र धनन्जय डी शिल्भालाई मौका दिइएको छ । त्यस्तै पुराना खेलाडीमा तिलकरत्ने दिलशान, कुसल परेरा, थिसारा परेरा, एन्जोलो म्याथुज, नुवान कुलसेकरा,किथ्रुवान भिथान्गे, चतुराङ्गा डी शिल्भा र मिलिन्दा सिरिवर्दने टोलीमा परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१