हावाबाट मोबाइल चार्ज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ११:१०

mobileबैज्ञानिकहरुको दावीलाई मान्ने हो भने अव तपाइँको मोबाइल चार्ज गर्न चार्जरको जरुरत पर्ने छैन । बैज्ञानिकहरुले छिट्टै हावाबाट मोबाइल चार्ज गर्न सकिने प्रविधिको विकाश हुने बताएका छन् । यो प्रविधी विकाश भएपछि मोबाइललाई चार्ज गर्न चार्जरमा जोड्नु पर्ने छैन किन भने हावाबाट नै मोबाइल चार्ज हुनेछ । अमेरिकाको निकोला ल्याब्स ओह्यो स्टेट युनिभर्सिटीमा यो प्रविधी विकाश भैरहेको छ । यो प्रविधी मोबाइल फोनमा नेटवर्क सिग्नल खोज्नका लागि खर्च हुने रेडियो फ्रिक्वेन्सीलाई उर्जामा बदलेर ब्याट्रिमा ९० प्रतशित चार्ज गर्नका लागि प्रयोग हुनेछ । यो प्रविधी अर्को बर्ष सम्म बजारमा आइसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । यो प्रविधीमा स्मार्टफोन सहित वायरलेस डिभाइस र एम्बेडेड सेन्सर्समा समेत प्रयोग गर्न सकिनेछ । यसरी चार्ज भएको ब्याट्री समेत अन्य प्रविधीबाट भएका चार्ज भन्दा बढी टिकाउ हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१