७ दिन भित्र भाडा तिर्न पूरानो मेडिकल कलेजलाई पत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ११:०१

चितवन, ८ साउन । पूरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई दिनुपर्ने भाडा नदिएपछि अस्पतालले एक साता भित्र सम्पुर्ण बक्यौता भाडा रकम तिर्न पत्र काटेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.माणिकलाल मानन्धरले पत्र लेखि १ साता भित्र बक्यौता भाडा रकम ७५ लाख २२ हजार ७ सय ३८ तिर्न भनेका छन् । भरतपुर अस्पतालको स्वामित्वमा रहेको ९ विगाहा जमिनमा मेडिकल कलेज सञ्चालन गरे वापतको भाडा मेडिकल कलेजले समयमा तिरेको छैन् । आर्थिक बर्ष २०६८/०६९ देखिको बाँकि रकम २१ लाख ८८ हजार ७ सय ३८ पनि पुरानो मेडिकल कलेजले तिरेको छैन् । आर्थिक बर्ष २०७१/०७२ को मात्रै ५३ लाख ३४ हजार रकम मेडिकल कलेजले भरतपुर अस्पताललाई दिनुपर्ने देखिन्छ । अस्पतालले सो हर्जना रकम समेत दिन भन्दै मेडिकल कलेजलाई पत्रचार गरेको छ ।

cancer-hospitalहामीले पटक पटक बक्यौता भाडा रकम भुक्तानी गर्न भनेपनि पुरानो मेडिकल कलेजले अट्टेरी गरिरहेको छ, अस्पताल लेखा प्रमुख सूर्यमणि कण्डेलले भने, “यो जति रकम छ त्यो उसको हिसाव हो, हाम्रो हिसावले त अझै बढि देखिन्छ ” । मेडिकल कलेजका सञ्चालक भि नटराज प्रसादले भरतपुर अस्पतालसँग गरेको सम्झौतामा हरेक बर्ष भाडा १० प्रतिशतका दरले बढाउदै जाने उल्लेख भएपनि सम्झौता भएको बर्षको १० प्रतिशत मात्रै हो भन्दै एकलौटी ब्याख्या गरि सो अनुरुप नै भरतपुर अस्पताललाई तिर्नुपर्ने रकम निकाल्दै आएका छन् । तर भरतपुर अस्पतालले भने हरेक बर्ष बढ्ने १० प्रतिशतलाई मुल रकम मानि सोको १० प्रतिशत भाडा दिनुपर्ने वताउदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१