“पहिला भविश्य अनि लवसव” हांस्य कलाकार – अशोक काफ्ले “”

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ०८:०१

11774435_515459741939697_544786730_nकला क्षेत्रमा तपाईंको उपस्थिति कहिले बाट हो ?

२ बर्ष जती भयो । यस क्षेत्रलाई भविश्य मान्दै अगाडी बढ्दैछु ।

-यस क्षेत्र तिर लाग्ने सोच पहिलो देखि थियो कि पछि सोच्नु भाको ?

यस क्षेत्रतिर करिब ७ बर्ष अगाडि देखि नै लाग्छु भनेर सोचेको हो । तर सोचेर आएको भन्दापनि म संग भएको कला सवैलाई देखाउनुपर्छ भन्ने सोचले यस क्षेत्रमा हात हाले ।

दर्शकको विचमा प्रस्तुत हुदा कसरी प्रस्तुत हुनुहुन्छ ?

मलाई खासै अफ्यारो पर्दैन । मलाई नेता र कलाकारको केही बोली उस्तै निकालेर अभिनय गर्छु । धेरै त आउदैन तैपनि म कोसिस गर्दै छु । मुस्कान पासा ,खड्का जि, पाडे तथा नेताहरुको पनि कआवाज नक्कल गर्न सक्छु । के पि ओलि, प्रचण्ड ,माधव नेपाल ,बामदेव गौतम लगाएतको आवाज निकाल्छु । दर्शकहरुले रुचाईदिनुहुन्छ ।

तपाईं ले कुन नेता को STAGE प्रोग्राम मा बडि नक्कल गर्नु भाको छ ?

STAGE प्रोग्राम मा मैले के.पि ओलि को नक्कल गर्छु । किनकि मेरो हाईट र शरीर के पि ओलि सङ मिल्छ तै भएको ले म बढि के पि ओलि को गर्छु अनि अरु को चै आउट पोसाक मा गर्छु । दर्शकहरको माग नै हो ठुलो कुरा त ।

के पि ओलि को बढि कुरा गर्नु भयो त के पि ओलि लाई भेट्नु भयो त?

छैन भेट्छु चाडैं ।

सबै ले चिन्न थाले पछी त प्रेम प्रस्ताव नि आउछ होला नि ?

हाहाहा, आउछ तर मलाई अहीले खासै प्रेममा ईन्ट्रेस्ट छैन । फेरी मेरो लभ गर्दै हिड्ने उमेर पनि भएको छैन नि ।

कति बर्षको हुनु भयो र ?

बल्ल १८ बर्ष भईयो । के हि गर्नु पर्छ । पहिला भविश्य अनि लव सव ।।

हुन्छ, भविश्वमा राम्रो गर्दै अगाडी बढ्दै जानुहोला,अन्त्यमा केही भन्नु छ ?

आफुसंग भएको कला र रहरमा यो क्षेत्रमा प्रवेश गरीयो । विस्तारै बामे सर्न कोसिस गर्दैछु । खै अव दर्शकहरुले कसी चाहनुहुन्छ आगामी दिनमा त्यसरी नै देख्न पाउनुहुन्छ । मलाई माया गर्ने सपोर्ट गर्ने दर्शकहरुप्रति ऋणी छु । कुराकानी को लागि धन्यवाद/ मेरो कुराहरु पाठ्क सामु पुर्याउन सहयोग गर्नु भएकोमा यहां र यहाको मिडिया लाई धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१