काठमाडौँ ,८ साउन । बन्दको कार्यक्रममा सहभागी हुन हिँडेका माओवादी नेता तथा कार्यकर्ताहरुलाई बिहानैदेखि प्रहरीले गिरफ्तार गरिरहेको छ । शुक्रबार बिहान ४ बजेदेखि सुरु भएको गिरफ्तार गर्ने कार्य देशभरि चलिरहेको माओवादी नेताहरुले जनाएका छन् । बिहानै नयाँ बानेश्वरबाट नेकपा माअाेवादीका पाेलिटब्यूराे सदस्यसहित ८ जना नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ । बन्दकाे कार्यक्रममा जाँदै गर्दा उनीहरुलार्इ गिरफ्तार गरिएकाे बताइएकाे छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, पुष्प न्याैपाने, राजेन्द्र गाैतम, सुर्य भुजेल, किशाेर लामिछाने सहित ८ जना रहेकाे नेकपा माओवादीका केन्द्रीय सदस्य तथा प्र्रचार प्रसार इन्चार्ज शरदसिंह भण्डारीले जानकारी दिएका छन् ।
त्यसैगरी पूर्वको झापामा पनि प्रहरीले बिहानै ५ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । मेची उपब्यूरो इन्चार्ज राजेन्द्र कार्कीसहितका नेताहरुलाई प्रहरीले बिहानै गिरफ्तार गरेको हो ।
त्यस्तै राजधानीको तिनकुनेबाट आज बिहानै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसाइलीलाई प्रहरीले गिरफ्तार गरेको छ । बन्दको कार्यक्रममा सहभागी हुन बाटोमा हिडिरहेका रसाइलीसहित ५ जनालाई पक्राउ गरी नयाँ बानेश्वर वडा प्रहरी कार्यालयमा राखिएको इन्चार्ज भण्डारीले जनाएका छन् ।त्यसैगरी कलंकीबाट दुर्इ जना कार्यकर्ता गिरफ्तार भएका छन् । प्रहरीले किशाेर न्याैपाने र पूर्ण श्रेष्ठलार्इ कलंकीबाट बिहानै गिरफ्तार गरेकाे हाे । त्यस्तै गाैशालाबाट १५ जना गिरफ्तार गरिएकाे छ । त्यस्तै सुनसरीकाे इटहरीबाट नवराज न्याैपानेसहित ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ भने दार्चुलाबाट २ जनालार्इ गिरफ्तार गरिएकाे छ । अाफ्ना नेता र कार्यकर्ताहरु गिरफ्तार गरिएकाे भन्दै माअाेवादीले राजधानीका बिभिन्न ठाउँमा बिहानैदेखि सवारी साधनमाथि ताेडफाेड र अागजनी गरेका छन् । बन्दकाे अवाज्ञा गरेकाे र अाफ्ना नेता कार्यकर्ताहरु गिरफ्तार गरिएकाे भन्दै बन्दकर्ताहरुले काठमाडौंको कोटेश्वर जडिबुटीमा बस जलाएका हुन् । बन्दको अवाज्ञा गर्दै चलाइएको उक्त बसमा आगजनी गर्दै बन्दकर्ताहरुले केहीबेर नारावाजी पनि गरेका थिए । उनीहरुले ‘कथित संविधानको मस्यौदा खारेज गर, लिपुलेक हाम्रो हो, राष्ट्रघाती सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सडकमा प्रदर्शन गरेका थिए । त्यसैगरी बन्दकर्ताहरुले भक्तपुरको राधेराधेमा एउटा भ्यानमा आगजनी गरेका छन् । राधेराधेमा बा ७ प ३८५७ नमबरको स्कर्पियोमा आगजनी भएको भक्तपुरबाट ननस्टप सहकर्मी कुशल बोगटीले जानकारी गराएका छन् । त्यस्तै बन्दकर्ताहरुले भक्तपुरकै लोकन्थलीमा एक मारुती भ्यानमा तोडफोड गरेका छन् । बन्दको अवाज्ञा गरेको भन्दै बा ७ प ७८३९ नम्बरको मारुती भ्यान तोडफोड गरेको आन्दोलनकारीले जनाएका छन् ।
प्रतिक्रिया