दुबइ उड्न लागेका ७ युवती दिल्लीमा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार ०७:००

nn210100354दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै दुबइ जान लागेका ७ नेपाली युवतीलाई उनीहरुसँग भेटिएको नक्कली राहदानी तथा कागजातका आधारमा पक्राउ गर्दै अध्यागमन बिभागलाई जिम्मा लगाइएको छ ।

एयर इन्डियाको नियमित उडानबाट अहमदाबाद हुँदै गत सोमबार बिहान दिल्ली उत्रिएका तीन युवतीको संदिग्ध चहलपहलबाट स्थानीय प्रहरीले सोधपुछ अघि बढाएको थियो । प्रवासी नेपाली संघका प्रतिनिधि गोपाल थापाले पाएको जानकारीमा सोमबार सोधपुछमा परेका युवतीको बयानबाट मंगलबार बिहान अरु ४ युवती पक्राउ परेका हुन् ।

नेपाल घर बताउने पुजा तामाङ (२०), मालती राई (२६), लक्ष्मी राई (४१), कृष्णादेवी (२९), उमा भुजेल (३१), शर्मिला थापा (२३) र शोभाकुमारी परियार (२८) पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषको सहयोगमा दुबइ उड्ने प्रबन्ध मिलाइएकाले यी दुबै कर्मचारी समेत पक्राउ परेका छन् ।

प्रवासी नेपाली संघका थापाका अनुसार हस्तलिखित राहदानीका भरमा अझै पनि दिल्ली बिमानस्थल भएर खाडी मुलुकमा नेपाली युवती पठाउने गिरोह सक्रिय छ । पछिल्लोपटक पक्राउ गरिएका युवतीको पूर्ण विवरण नेपाली दुतावासले समेत पाइसकेको छैन । टुरिष्ट भिसाबाहेकको हकमा दिल्ली वा भारतको कुनै बिमानस्थलबाट बाहिरी मुलुकमा उड्नुपर्दा नेपाली दुतावासको ‘नो अब्जेक्सन लेटर’ आवश्यक पर्ने नियम रहे पनि सेटिङका भरमा युवती ओसारपसार भइरहेको गुनासो दुतावासमा आउने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१