काठमाडौं, ७ साउन । नेपालमा पनि प्रविधिले पछिल्लो समय निकै राम्रो फड्को मारिरहेको छ । भूकम्पगएको केहि बेरमै जानकारी दिने नेपाली एप सगैं अन्य धेरैं नेपाली एपहरुपनि अहिले सार्वजनिक भइरहेका छन् । त्यहि क्रममा नेपालमा पहिलो पटक जोखाना एप सार्वजनिक भएको छ । ज्योतिषी डा.सुनिलको अगुवाइमा तयार पारिएको जोखाना एपबाट मानिसहरुले जुनसुकै समयमा आफ्नो र अन्यको जोखाना सजिलै हेर्न सक्ने छन् । प्राचिन भृगुतन्त्र सकुन प्रश्नावली एवं प्रश्न चिन्तामणी ग्रन्थको आधारमा तयार पारिएको जोखाना एपमा २५ वटा जिज्ञासा र त्यसको फल राखिएको डा.सुनिलले बताए । २०७२ सालको दैनिक मासिक र बार्षीक राशीफल राखिएको एप सबै बर्ग र क्षेत्रका व्यक्तिका लागि उपयोगी रहेको बताइएको छ । त्यस्तै रुद्रयामल तन्त्रमा उल्लेख भएको मुहुर्त पनि एपमा समावेश गरिएको छ । एपमा आफूले चाहेको मितिको मुहुर्त हेर्न सकिने सुविधा छ ।
प्रतिक्रिया