सम्राट सिंह
बझाङ, ७ साउन । नेपाल प्रहरीले सदरमुकाम चैनपुरमा टिनका टहराभित्र होटल संचालन गर्दै आएका होटल व्यवसायीहरु वाट एक हजार भन्दाबढी अवैध घरेलु मदिरा बरामद गरेको छ । घरेलु मदिरा बजारमा व्यापक उत्पादन भई जडियाँहरु पनि दिन दाहाडै मदिरा पियर होहल्लन गर्न थालेपछि विहिवार प्रहरीले टिनका टहरा भएका होटलमा छापा मार्दा ठूलो परिमाणमा मदिरा बरामद गरेको हो ।
होटलमा छापा मारेर ५ वटा मदिरा बनाउने भाडाँ,२० वटा मदिरा पार्न तयार पारेको कच्चा पर्दाथ साथै २० भन्दाबढी मदिरा राखेको गेलिन भेटाएपछि प्रहरीले बोक्न नसकेर जयपृथ्वी नगरपालीको टिफरमा मदिरा बोकेर लिएको थियो ।
मदिरा बरामद गर्न खटिएका प्रहरी नायब निरिक्षक देव बहादुर कुँवरले चैनपुरको भोटे गल्ली, भोपुरको लाल्लीन बजार र डुग्रीपुलपारी वाट तयार पारेको मदिरा र कच्चा पदार्थ गरि झण्डै १ हजार लिटर बरामद भएको जानकारी दिए ।
उनका अनुसार अवैध रुपमा मदिरा निकाल्न सबैले गुड भन्दा चामल बढी प्रयोग गरेको देखीन्छ । हिमाल वाट यार्सा टिपेर भोटेजातीहरु बजार आएपछि घरेलु मदिरा निकाल्ने तथा ओसार प्रसारको काम हाल बजारमा बढी हुदै गएको छ ।
चैनपुरमा अवैध मदिरा निकाल्नेमा भोटेजातीहरु बढी संलग्न रहेका छन् प्रहरी निरिक्षक कमल विष्टले भने यसपाली हामीले मदिरा बरामद गरेर नष्ट मात्र गरेका छौ पछिल्लो पटक यस्तो कार्य गरेको भेटाएमा नियमाअनुसार कार्वाही गर्ने छौ । पहिलो पटक यसरी ठुलो परिमाणमा अवैध मदिरा वरामद गरेपछि प्रहरीले मदिरा नगरपालीको टिफरमा लिएर बाहुलीगाड खोलाको किनारमा नष्ट गरेको थियो ।
प्रतिक्रिया