यसवर्ष मनसुन ढिलो हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७१, सोमबार १३:५६

काठमाडौ, १९ जेठ  । पहिले अनुमान गरे अनुसार यसवर्ष समयमै मनसुन सुरु नहुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मौसमी नक्सा, भूउपग्रहबाट प्राप्त बादलको तस्बिर तथा मनसुनको हालको विस्तारको अवस्थालाई मध्यनजर गर्दा मनसुन सुरु हुन ढिलाई हुने देखिएको हो ।1370492435_timthumb
साधारणतया नेपालमा जुन १० को आसपासमा मनसुसन सुरु हुने गर्छ । यसअनुसार अबको ८÷९ दिनमा मनसुन सुरु हुनुपर्ने हो । तर यसवर्ष मनसुनको आगमन एकदेखि डेढहप्तासम्म ढिलो हुन सक्ने मौसमविदको अनुमान छ । मौसमविदहरुका अनुसार मनसुनी वर्षाको मात्रा र यसको प्रभावको अध्ययन गर्दा यसवर्षको मनसुन केही कमजोर हुने देखिएको छ ।
मनसुन औसत वा त्यो भन्दा पनि कम हुने आंकलन गरिएकाले यसवर्षको मनसुनमा उत्साहजनक वर्षाको सम्भावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१