निरुताले मर्काइन कम्मर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार १४:५३

niruta4नेपाली मोडलिंग क्षेत्रमा संघर्ष गर्दै अगाडी बढ्दै गरेकी मोडल तथा कलाकार निरुता क्षेत्रीले बुधबार राजधानीको एन.एफ.डिसी.ल्याबमा एउटा तिज विशेष गीतमा आफ्नो कम्मर मर्काएकी छिन । नेपाली गीतमा मात्र नभई भारतीय गीतहरुको साथै भोजपुरी गीतमा पनि आईटम डान्स गरिसकेकी निरुताले बुधबार आफैले गाएको गीतमा आफ्नो कला देखाएकी छिन । बुधबार छायांकन गरिएको ‘मलाई पनि सिकाईदेउन् पार्वती’ बोलको गीतलाई निर्देशक शिब बि.क.को निर्देशनमा तयार पारिएको हो । nirutaनिरुताले यस गीतमा आफुलाई निकै सजिलै संग प्रस्तुत गरेकी छिन । उनलाई साथ् दिएका थिए पार्बतिको रुपमा मोडल करिश्मा ढकालले भने शिबको रुपमा हरि लामाले । शिब फोर.एस. मिडियाको ब्यानरमा निर्माण गरिएको यस गीतको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् । बुधबार खिचिएको यस म्युजिक भिडियो आगामी शनिबार सार्बजनिक गरिने निर्देशक शिब बि.कले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१