काठमाडौं, ७ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा थप जहाजहरु ल्याइने अन्तिम तयारी थालेको छ । थप जहाज ल्याउन सरकारले यस वर्ष सरकारले बजेटमा नै प्राथमिकतामा साथ राखेका कारण वायु सेवा निगमले थप जहाज भित्राउने गृहकार्य थालेको स्रोतले बताएको छ । पर्यटकहरुलाई मध्यनजर गर्दै निगमले जहाज ल्याउन लागेको हो । हवाइ उडान क्षेत्रमा अनुभव प्राप्त अन्तर्राष्ट्रिय उडान कम्पनीलाई रणनीतिक साझेदारको क्रममा भित्र्याइने अर्थमन्त्री रामशरण महतले जानकारी दिए ।
प्रतिक्रिया