चितवनमा मापसे गर्ने ह्वात्तै बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार १२:५०

चितवन, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१/७२ मा मापसे कारबाहीबाट ११ लाख ६८ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।कार्यालयले विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार १ सय ६८ जनामाथि गरेको कारबाहीबाट राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख रमेशराज भेटवालले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो झन्डै साढे तीन लाख रूपैयाँले बढी हो ।

Mapase-440x330आर्थिक वर्ष २०७०/७१ मा कार्यालयले ८२६ सवारीचालकलाई गरेको कारबाहीबाट आठ लाख २६ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।गत वर्षको साउनदेखि माघसम्म बढी मापसे कारबाहीमा परेको छ । उक्त समयमा मात्रै आठ लाख रूपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी पुसमा १९३ जनालाई कारबाही गरी एक लाख ९३ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कारबाहीमा अधिकांश मोटरसाइकल चालक परेका छन् । मोटरसाइकल चालकबाट मात्रै आव २०७१र७२ मा रु १० लाखभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीको सङ्ख्या कमीका कारण कारबाही प्रक्रियामा समस्या भए पनि यो वर्ष पनि कारबाहीलाई तीव्र गति दिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१