पासवर्ड दुरुपयोग गरेर करोडौं हिनामिना, जनताको भयो उठिबास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार ११:४९

काठमाडौं, ७ साउन । कर्मचारीले गति छाडे भने जनताले कतिसम्म दुःख पाउँछन् भन्ने प्रमाण खोज्न धेरै टाढा गइराख्नुपर्दैन । सर्वसाधारणले पत्याएर जीवनभरको आफ्नो पुँजी बचत गर्ने एउटा निकायमा कार्यरत कर्मचारी झण्डै–झण्डै ४१ करोडको हिसाब तल–माथि पारेर नारायणगढ हुँदै भारततिर छिरेका छन् । कृषि विकास बैंकको स्वयम्भू शाखामा कार्यरत गौतम थरका कर्मचारीले कम्प्युटरको पासवर्ड दुरुपयोग गरेर यताको हिसाब उता गर्दै त्यति रकम गोलमाल गरेका हुन् । अरू कर्मचारीले ५ प्रतिशतको ऋण सुविधामा सोही बैंकबाट निकालेको रकम ३६ प्रतिशतसम्म ब्याजमा लगाइदिने सर्लाही निवासी यी कर्मचारी पहिला एमाले र हाल कांग्रेसमा आबद्ध थिए ।

passwordस्वभाव साह्रै रंगिला । कार्यालय बन्द भएपछि साँझ कम्प्युटरको सिष्टममा छिर्ने र अनलाइन नभएका ठाउँबाट प्राप्त रेमिट्यान्स हेड अफिसमा ट्रान्सफर भएको देखाउने । हरेक हप्ता एक व्यक्तिको नाममा ८ लाखसम्मको हिसाब मिलाउने गर्दै आएका थिए । दिमाग यति सक्रिय कि छिनमै खाता रत्नपार्क, छिनमै लगनखेल । तर, चोर जतिसुकै चतुर भए पनि नफसी सुखै छैन । एकदिन अकस्मात बत्ती गएर कम्प्युटरमा अनअथोराइज्ड हर्कतको संकेत देखाएपछि छानबिन गर्दा अर्की कर्मचारी गीता पन्त निगरानीमा परेकी हुन् । उनले गौतम सर मेरो कुर्सीमा आएर बस्ने, कतिपय मेरा काम पनि गरिदिने भएको हुँदा उहाँबाटै यस्तो अपराध भएको हुनुपर्छ भन्ने बयान दिएपछि त्यहाँ कार्यरत शाखा प्रबन्धक मानन्धरलाई तानेर क्षेत्रीय कार्यालयमा हाजिर गराइएको छ भने पन्त र गौतम निलम्बनमा छन् । -जनआस्थाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१