विदेशी विद्यालयहरु खारेजीको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार ११:३६

काठमाडौं, ७ साउन । विप्लब निकट विद्यार्थी संगठनले विना ईजाजत विदेशी सम्बन्धनमा सञ्चालित विद्यालयहरु खारेजीको माग गरेको छ । शिक्षा विभागलाई सचेत पत्र बुझाउँदै विदेशी नामबाट सञ्चालित शिक्षण संस्थाको नाम परिवर्तन गर्ने बारे यस अघि नै भएको सहमती कार्यान्वयन गर्न माग गरेको छ । विना ईजाजत, मापदण्ड विपरीत हेपाहा प्रवृत्तिबाट सञ्चालित विदेशी विद्यालयहरु खारेज गर्नुपर्ने उसको माग छ । विना ईजाजत सञ्चालित विदेशी विद्यालयहरु खारेज गर्नु पर्ने सहित क्रान्तिकारीले विभिन्न ६ सूत्रीय माग सहित आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

tक्रान्तिकारीले उक्त सचेत पत्र विभाग सहित उच्च माध्यामिक शिक्षा परिषद्, प्याब्सन, हिसान लगायतका संस्थाहरुलाई समेत बुझाएको छ । उक्त पत्रमा नीजि विद्यायहरुले बढाएको शुल्क फिर्ता गर्ने सम्बन्धमा गत बैशाख ६ गते भएको सहमती कार्यान्वयन गर्नु पर्ने, उच्च माविका १० प्रतिशत छात्रबृत्तिको ब्यवस्था गर्ने बारे भएको सहमती लागू गर्नु पर्ने, भूकम्पका बेला पठन पाठन नभएको अवधिको शुल्क छुट भए नभएको अनुगमन गरी सहमती अवज्ञा गर्नेलाई कारवाहि गर्नु पर्ने, कक्षा ११ र १२ मा विभिन्न शिर्षकमा बढी शुल्क लिने विद्यालयलाई कारवाहि गर्नु पर्ने, प्राविधिक शिक्षाको पठन पाठनलाई यसै बर्ष देखि ब्यवस्थित र सर्वसुलभ ढंगले लागू गर्नु पर्ने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१