संसद भवन बाहिर उल्टो घुम्ने घडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार ११:०७

दक्षिण अमेरिकी देश बोलिभियाको एउटा शहरमा उल्टो घुम्ने घडी राखिएको छ । ला पाज सहरस्थित बोलिभियाली संसद भवन बाहिर राखिएको सो घडीको सुइ उल्टो घुम्नुका साथै अंकको क्रम पनि उल्टो राखिएको छ । बोलिभियाका विदेशमन्त्री डेविड चोकुएहुआन्साका अनुसार उक्त घडीलाई ‘दक्षिणको घडी’ नाम दिइएको छ । बोलिभियाका नागरिकलाई आफ्नो सांस्कृतिक विरासतलाई सजाउन जागरुक गर्ने उद्देश्यले यस्तो घडी प्रयोगमा ल्याइएको उनले बताए । यो परिवर्तनको माध्यमबाट आम नागरिकलाई स्थापित मान्यतालाई चुनौती दिन सकिन्छ र नयाँ सृजनात्मक ढंगले सोच्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो ।
watch‘घडीको सुइ एकै दिशामा घुम्नु पर्छ भन्ने छैन,’ विदेशमन्त्री डेविडले भने, ‘हामी अरुको कुरालाई नै स्वीकार गरेर किन बस्नु ? नयाँ ढंगले सोच्न सक्नु पर्दछ ।’ विषयलाई जटिल बनाउन नभई आफूहरु उत्तरी अमेरिकामा नभई दक्षिणी अमेरिकामा बस्दै आएको कुरालाई स्मरण गर्न चाहेको उनले बताए । उनका अनुसार बोलिभियाली सहर सान्ता क्रुजमा भएको ‘जी–७७’ को बैठकमा सहभागी विभिन्न देशका प्रतिनिधिलाई समेत यस्तै खालको टेबल घडी दिइएको थियो । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१