डेमीको स्विमिंग पूलमा भेटियो एक यूवकको शव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार १०:५१

demiहलिउड अभिनेत्री डेमी मूरको घरमा रहेको स्विमिंग पूलबाट एक २१ बर्षिय यूवकको शव फेला परेको छ । हलिउडको एक वेबसाइटका अनुसार लास एंजेलिस पुलिस विभागका अधिकारीले बताए अनुसार उक्त यूवकको मृत्यु पूलमा डुब्नाले भएको बताएका छन् । पुलिस अधिकारीहरुले भने उक्त यूवकको कसैंले हत्या गरेर पूलमा फालेको अनुमान गरेका छन् । तर अहिलेसम्म कुनैं पनि आधिकारी पुष्टि भने भएको छैंन तर पुलिसले पोस्टमार्टमको रिपोर्ट आएपछि सबै कुरा थाहा हुने बताएको छ । तर अभिनेत्री डेमी उक्त घटना भएको बखत घरमा थिइन उनी देश बाहिर रहेको बताइएको छ । उनले एक हलिउड मिडियासँगको अन्तरर्वार्ताको क्रममा भनेकी छिन् -‘मलाई यो घटनाको विषयमा कुनै पनि जानकारी थिएन र म त्यो घटना भएको बेला देश भित्र नरहेर एक चलचित्रको छायांकनको लागि बाहिर गएको थिए । र पछि पुलिसले मलाई त्यो घटनाको विषयमा बताएपछि म स्वदेश आएको हुँ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१