नेदरल्याण्ड्स २० ट्वान्टी बिश्वकप क्रिकेटका लागी छनौट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार १०:३३

naderlandनेदरल्याण्ड्स भारतमा आगामी बर्ष हुने २० ट्वान्टी बिश्वकप क्रिकेटका लागी छनौट भएको छ । टि २० बिश्वकप छनौट अन्तर्गत गएराती भएको दोस्रो प्लेअफमा नामिवियालाई ४ विकेटले हराउदै नेदरल्याण्ड्सले आगामी यात्रा तय गरेको हो । नामिबियाले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य नेदरल्याण्ड्सले ४ बल बाँकी छदै ६ विकेटको क्षतिमा भेट्टायो । स्टेफन माइबर्गले सर्वाधिक ३१ रन माइकल स्वार्टले २८ रनको योगदान दिएपछि नेदरल्याण्ड्सको इनिङस उकासिएको हो । नामिबियाका सिजी विलियम्सले सर्वाधिक ४३ र निकोलासले ३७ रनको योगदान दिएपनि हार टार्न सकेनन । अफनागनिस्तानलाई पराजित गर्दै हङकङ पनि बिश्वकपका लागी छनौट भइसकेको छ । आयोजकद्धय आयरल्याण्ड र स्कटल्याण्डले भने समूह बिजेता बन्दै यसअघि नै बिश्वकपमा स्थान बनाइसकेका छन् । समूह ए को पुछारमा रहेका कारण नेपालले भने आगामी बर्ष बिश्वकप खेल्ने अवसर गुमाइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१