ग्रीस सरकारले आर्थिक कारोबारमा सुधार गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार १०:३१

grissएजेन्सी । ग्रीस सरकारले ऋणदाताको सुझाव अनुसार आफ्नो आर्थिक कारोबारमा सुधार गर्ने भएको छ । हिजो भएको मत सर्वेक्षणमा अधिकांश सांसदले अन्तर्राष्ट्रिय ऋणदाताले सुझाएको आर्थिक सुधारका विषयमा सहमति जनाएका छन् । आर्थिक संकटको चपेटामा परेको ग्रीस सरकारका लागि यो सहमतिसँगै कर्जा लिने ढोका खुलेको छ । ऋणदाताले दिएको सुधार सम्बन्धी सुझावको विरोधमा उत्रिएका विपक्षी नेताहरुले समेत प्रधानमन्त्री एलेक्सिस सिप्रसलाई साथ दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सांसदले बैंकिङ क्षेत्र र न्याय प्रणालीको सुधारमा विशेष जोड दिनुपर्ने बताएका छन् । राजधानी एथेंन्समा भोलि हुने बैठकमा अन्तर्राष्ट्रिय ऋणदातासँग त्यहाँको सरकारले आर्थिक सहायता बारे थप छलफल गर्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१