थाइल्यन्डमा पनि हिन्दू राष्ट्रको माग गर्दै व्यापक सुझाव संकलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १४:४७

थाइल्यन्ड । नयाँ संविधानको प्रारम्भिक मस्यौदाप्रति मुलुकभर सुझाव संकलन मंगलबार सम्पन्न भइसकेको अबस्थामा थाइल्यन्डमा पनि सुझाब सङ्कन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । थाइल्यन्डमा सङ्ख्यत्मक हिसाबले नेपालीहरुको बसोबास तुलनात्मक रुपमा कम भएपनी कार्यक्रममा पचास भन्दा माथिको उपस्थिती रहेको थियो । सुझाब दिने कार्यक्रममा बोल्दैं थाइल्यन्ड स्थित नेपाली दुताबासका राजदुत खगनाथ अधिकारीले संबिधानले राष्ट्रको भबिष्य निर्दिस्ट गर्ने भएकोले सबैको सुझाबको ठुलो महत्व रहेको बताए । सुझाब दिनेहरुको एकमत राजनीति गर्नेको न्युनतम योग्यता संबिधानमा राखिनु पर्ने र अधिकाशंले धर्मको हकमा जनमत संग्रह हुनुपर्ने अथवा हिन्दू राष्ट्र कायम हुनु पर्नेमा जोड दिएका थिए ।

haiमस्यौदाको प्रस्ताबना नै राजनितिक पार्टीहरुको दस्ताबेज जस्तो खास गरी सशास्त्र संघर्ष जस्ता शब्द प्रयोग हटाउनु पर्ने तथा देशको स्रोतलाई मुख्य स्रोत पर्यटन हुनु पर्ने, आमाका नाम बाट नागरिकता दिने कुरा सुनिस्थित गरिनु पर्ने, साथै केहीले राजा सहितको प्रजातन्त्र हुनु पर्ने समेत सुझाब दिएका थिए । त्यस्तै गरी गैरआबासिय नागरिकतामा अझै अन्योल रहेको संघियता लगायतका कुरालाई थाती राख्दा यसले भबिस्यमा ठुलो समस्या पर्ने सुझाब आएको थियो । सुझाब दिने क्रममा राष्ट्रिय गान, लोगो समेतको आलोचना भएको थियो भने सस्थागत रुपमा गैर आबासिय नेपाली संघ र मातृभूमीका लागि युबा अभियानको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१