विद्यालयको छानामा अनिवार्य रुपमा जस्ता हुनुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार ११:२६

department of education-edukhabarकाठमाडौं, ६ साउन। भूकम्पले क्षति भएको विद्यालयको छानामा अनिवार्य रुपमा जस्ता लगाउनु पर्ने भएको छ । जेठ १७ देखि विद्यालय सञ्चालन गर्न धेरैजसो विद्यालयले स्याउला र त्रिपाल ओडाएका छन् । हतार हतारमा बनाईएका कतिपय विद्यालयहरुका त्यस्ता केन्द्रमा बर्खाले क्षती पुर्याईसकेको छ । शिक्षा विभागले जस्ता ओडाउन रकम बिनियोजन गरी पठाएपनि प्लाष्टिक मात्रै राखेको पाइएपछि यस्तो व्यवस्था गर्न जिल्ला शिक्षा कार्यालहरुलाई निर्देशन दिएको हो ।

भूकम्प पछि विभिन्न संघ संस्था तथा व्यक्तिले बनाएका अस्थायी सिकाई केन्द्रको छानामा तार पोलिन, स्याउला, पाल, प्लाष्टिक ओडाइएको थियो । यस्ता विद्यालयमा पूर्व तयारी अनुदान रकमबाट टिनको छाना लगाउन विद्यालयलाई अुनदान निकासा गरिएको रकमबाट खर्च गर्न शिक्षा विभागले असार २८ मा निर्देशन दिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१