भूकम्पका कारण यस बर्ष कोमलले तीजको एल्वम नल्याउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार ११:२१

komal_oliबैंशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि पुर्ननिर्माण देखी राहत वितरणमा सक्रिय गायिका कोमल ओलीले यो पटकको तिजमा नयाँ एल्बम नल्याउने भएकी छिन् । भूकम्पको त्रासका कारण अहिलेपनि जनजीवन सामान्यतर्फ फर्कन नसकिरहेको अबस्थामा यस बर्ष तिजको एल्बम नल्याउने उनले बताएकी छिन् । उनले भनेकी छिन् -‘यो बर्षको तिज यसअघिका तिज जस्तो हुँदैंन किनकी यो पटक भूकम्पका कारण धेरैं बस्तीहरु प्रभावित भएका छन् भने अझै पनि मानिसहरुमा भूकम्पको त्रासबाट टाढा रहन सकेका छैंनन् ।

त्यसैंले यो पटकको तिजमा नयाँ एल्बम बजारमा नल्याउने सोच बनाएको छु । तर तिजमा आयोजना हुने कार्यक्रममा भने सहभागी हुनेछु । मेरा यस अघिका चर्चित गीतहरुले यस बर्षको तिज मनाउने सोच बनाएको छु ।’ यो पटक भूकम्पपीडितहरुको सहयोगार्थ विभिन्न कार्यक्रम देखी राहत वितरणमा सहभागी भएका कारण गीत रेकर्ड गर्न पनि नभ्याएको उनले खुलाएकी छिन् । बिहे भा छैन्, पोइला जान पाम, माया बस्यो जिरी बजारमा लगायतका चर्चित गीतहरु रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१