तटिय क्षेत्रमाथि चीनको गतिविधिलाई लिएर निन्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १०:४७

samundraएजेन्सी । समुन्द्र तटीय क्षेत्रको विषयलाई लिएर जापानले चीनको निन्दा गरेको छ । जापानले आफ्नो वार्षिक रक्षा प्रतिबेदन सार्वजनिक गर्दै भुमी सुधार र विवादित तटिय क्षेत्रमाथि चीनको गतिविधिलाई लिएर निन्दा गरेको हो । राष्ट्रिय सुरक्षाको विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा गत मंगलवार अनुमोदित मस्यौदालाई पर्याप्त नभएको भन्दै उहाँकै पार्टीले अस्वीकार गरेको छ । जापानको तत्लो सदनले राष्ट्रिय सुरक्षा कानुनमा परिवर्तन गर्न आदेश दिइ सकेको छ । सो आदेश अनुसार जापानी सैनिकले विदेशीसँग पनि लड्न पाउने भएका छन् । फिलिपिन्स, भियतनाम, ताइवान र ब्रुनाईद्वारा दावा गरिएका दक्षिण चाइना समुन्द्र तटीयमा चीनले आफ्नो संप्रभुता जमाउँदै आएको छ । पुर्वी चीनको समुन्द्री तटीय क्षेत्रका विषयमा पनि जापान र चीनको विवाद रहँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१