​हङकङको विश्वकपको यात्रा पक्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १०:४६

हङकङले बलियो मानिएको अफगानिस्तानलाई विश्व ट्वान्टी ट्वान्टी छनोटको प्ले–अफमा ५ विकेटले हराएर आज सन् २०१६ मा हुने विश्वकपको यात्रा पक्का गरेको छ । आयरल्यान्डको डब्लिनमा भएको खेलमा हङकङले अन्तिम ओभरमा १६ रन जोड्दै अफगानिस्तानले दिएको १ सय ६२ रनको विजयी लक्ष्य ५ विकेट गुमाएर भेटाएको थियो । मोहम्मद नावीको अन्तिम ओभरमा बबर हायतले एक छक्का र एक चौकको सहयोगमा १५ रन जोड्दै हङकङलाई अविश्वसनीय जित दिलाएका थिए । नावीको त्यस ओभरमा हङकङले दुई विकेट पनि गुमाएको थियो ।

hongहङकङले गत वर्ष बंगलशादेमा भएको विश्व ट्वान्टी–२० पनि खेलेको थियो । यसपल्टको छनोटमा आ–आफ्ना समूहमा शीर्षस्थान हाँसिल गर्दै आयोजकद्धय आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले छनोट पार गर्ने हङकङ तेस्रो टिम हो । हङकङसँग हारेपनि अफगानिस्तानको विश्वकप खेल्ने सम्भावना कायमै छ । उसले अब प्ले–अफको अर्को खेलमा पपुवा न्युगिनीसँग खेल्नेछ । १४ टिम सहभागि छनोटका शीर्ष ६ टिमले विश्वकप खेल्ने अवसर पाउनेछन् । नेपाल यसअघि नै लज्जासपद प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१