काठमाडौं, ६ साउन । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टले पार्टीबाट राजीनामा दिएपछि यति बेला यो विषयले निकै राम्रो पाइरहेको छ । पार्टी हेडक्वार्टरमा उनले २१ बुँदे लिखित असहमति सहित गत चैत्र १७ गते नै राजीनामा दिएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै स्वीकृत गरेका छैनन् । विष्टले बेला बेलामा पार्टीभित्र चर्को असन्तुष्टि राख्ने गरेको र हालसम्म पार्टीले कुनै पनि प्रतिक्रिया नदिएपछि उनले बाध्य भएर पार्टी छोडेको हुन सक्ने बताइएको छ । पूर्वमन्त्री समेत रहेका विष्ट गत संविधानसभाको निर्वाचनमा म्याग्दीबाट पराजीत भएका थिए । स्थाई समितिको पदबाट अध्यक्ष प्रचण्डलाई राजिनामा दिएका विष्टले भने, ‘अव त म प्रचण्ड, बाबुराम र नारायणकाजीले सशै शक्ति लगाए पनि राजनीतिमा फर्कन्न ।’
विष्टले स्थाई समितिबाट चैत्रमा राजिनामा बुझाएका थिए । लामो समय पार्टीमा काम गरेपनि पार्टीले पद मात्र दिएको तर काम नदिएको र पार्टी बिग्रदै गएको भन्दै उनले राजिनामा दिएका थिए । उनले अगाडी भनेका मैले यो निर्णय कोहीसँग सल्लाह गरेर वा कसैको दवावमा भन्दा मैले नितान्त स्वेच्छाले निर्णय लिएको हुँ। मैले आत्मनिर्णयको अधिकार प्रयोग गरेर पदबाट राजीनामा दिएको हुँ। ठूलो पदमा बस्ने तर पार्टीलाई सुधार्न नसक्ने नै भएपछि अब जिम्मेवारी लिनु ठीक छैन भनेर नै मैले यो निर्णय लिएँ। फेरि कोही मान्छे आजीवन राजनीतिमा लागिरहनुपर्छ भन्ने पनि छैन। मनलाग्दा र मनपर्दासम्म खाने हो, जबरजस्तरुपमा घिच्नुपर्ने हुँदैन। रुच्दैन भने मन नलागेको खानु बीष सेवन गर्नु। मलाई रुखो निक्लो जस्तो भए पनि हुन्छ तर जबरजस्ती केही कुरा खानु छैन। मैले ३४ वर्ष सक्रिय राजनीतिक जीवन बिताएँ, अब नेपालीको औशत आयुअनुसार पनि १८/१९ वर्ष न बाँचिएला, अहिले ५१ भएर ५२ वर्षमा प्रवेश गरेँ। त्यसैले जति बाँच्छु, आम किसानको जीवन विताउने मेरो निर्णय हो, यसलाई लिएर कोही पनि निराश हुनुपर्दैन।
कुनै बर्ष अगाडी उनी सुरक्षाकर्मी अनधिकृत पेस्तोलसँगै संसद् हातामा पक्राउ परेका थिए । त्यसको रिसमा उनले संसद्मै मसँग यहीँ बन्दुक छ, सक्छौ भने कारबाही गर भनी कांग्रेस र एमाले नेतृत्वलाई चुनौती दिएका थिए । बिष्टको जन्म २०२१ सालमा रुकुममा भएको हो । उनले ०३९ सालमा एकता केन्द्र मसालको सदस्यता लिएर कम्युनिस्ट राजनीति सुरु गरेका थिए । पञ्चायतकालमै उनी जेल परेका थिए । छुटेपछि २०४६ मा पार्टीको पूर्णकालीन सदस्य भए । २०५१ मा माओवादीको केन्द्रीय सदस्य भए । २०५१ साल असोजमा उनी पक्राउ परे । २०५८ असार २८ मा छुटे । त्यसपछि पनि भूमिगत भएका उनी फेरि २०६१ मा भारतको पटनामा पक्राउ परे । त्यसको दुई वर्षपछि छुटे । तर भारतमा उनीविरुद्ध अझै मुद्दा चलिरहेकै छ । स्रोतका अनुसार उनी केहि दिन भित्रमा नै विप्लवसँग सहकार्य गर्नेछन् ।
प्रतिक्रिया