सर्लाहीका ३ निर्वाचन क्षेत्रमा सुझाव संकलन कार्य रद्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १०:२४

एस.पी.गौरब

सर्लाही, ६ साउन । संविधानको प्रारम्भिक मस्यौदा संकलनको कार्य पहिलो चरणमा देशभर ४ र ५ गते सम्पन्न भएको छ । २४० वटै निर्वाचन क्षेत्रमा भएको सुझाव संकलन कार्यक्रममा नागरिकबाट विभिन्न खालका सुझावहरु आएका छन । नगरिकको सुझाव समेटेर सबैको हितको संविधान वनाउने उद्देश्य अनुसार नेपालका ४ मुख्य राजनैतिक दलले यो अभियान सुरु गरेका हुन । सोही क्रममा सर्लाहीका पनि विभिन्न स्थानहरुमा निर्वाध रुपमा सुझाव संकलन गरिएको छ भने केही स्थानहरुमा विरोध समेत भएको छ । केही मधेशवादी तथा राप्रपा नेपालका केही नेता तथा कार्यकर्ताहरुले मधेशको माग तथा हिन्दु राष्ट्र घोषणाको माग सम्बोधन नभएको भन्दै प्रारम्भीक मस्यौदाको सुझाव संकलन कार्यलाई अवरोध गरेका छन । सोही क्रममा मंगलबार करिब १ः२० बजेको समयमा मलंगवा नगरपालीका वडा नं.८ बाट राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रभाकर सिंहको नेतृत्वमा करिब ७० जनाको समुहले हिन्दु राष्ट्र कायम गर,नाटकिय संबिधान चाँहिन्दैन,राजतन्त्र कायम गर भन्ने नारा लगाउँदै बजार परिक्रमा गरी सुझाव संकलन गरिरहेको जिल्ला विकास समिती सर्लाहीको सभाहल अगाडि शान्त पुर्वक बाहिर बसी नारावाजी गरेका थिए । त्यस्तै मंगलबार नै करिब ११ः३० वजेको समयमा सर्लाहीको कौडेना(१ स्थित बजारमा क्षेत्र न.(५ का तराई मधेश लोकतान्त्रीक पार्टीका सभासद जंगिलाल रायको नेतृत्वमा करिव.१०० जनाको संख्यामा कार्यक्रम गर्न नदिने भन्दै टायर बालेर बिरोध जनाएका थिए । त्यस्तै सर्लाही क्षेत्र न.४,५ र ६ मा हुने भनिएको संबिधान सभाको मस्यौदा संकलन तथा सुझाव सम्बन्धीको कार्यक्रम तिनै ठाउंमा बिरोध गरी रद्ध भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१