हुवावेको आम्दानी ६ महिनामा सवा २८ अर्ब डलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार १३:५७

wचीनका ठूला टेलिकम कम्पनीमध्ये एक हुवावेले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८ अर्ब ३० करोड अमेरिकी डलर (२८ खर्ब ३० अर्ब रुपैयाँ) आम्दानी गरेको छ। कम्पनीका अनुसार स्मार्टफोन बिक्री तथा अन्य व्यापार उच्च भएका कारण आम्दानी ह्वात्तै बढेर उक्त परिमाणबराबर पुगेको हो। यो परिमाणको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको दाँजोमा ३० प्रतिशतले बढी हो। हुवावेले खुद नाफा सार्वजनिक नगरे पनि सञ्चालन नाफा भने १८ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ। हुवावे चीनमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने तेस्रो ठूलो कम्पनी हो। पहिलो नम्बरमा अमेरिकी कम्पनी एप्पल र दोस्रोमा चीनकै जियाओमी रहेको अनुसन्धान संस्था आइडिसीले जनाएको छ। त्यसैगरी हुवावे टेलिकम सम्बन्धी यन्त्र र पुर्जा निर्माण गर्ने संसारकै सबैभन्दा ठूला कम्पनीमध्ये एकमा पनि पर्दछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१