जानकी मेडिकल कलेज साउन १५ गतेबाट सञ्चालनमा आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार १२:११

janakiजनकपुर, ५ साउन । लामो समयदेखि पठनपाठन ठप्प रहेको जनकपुरस्थित जानकी मेडिकल कलेज आगामी १५ गतेबाट सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एवं नेपाल मेडिकल काउन्सीलद्वारा मान्यता प्राप्त कलेजमा व्यवस्थापकीय कमजोरीका कारण पढाई नहुदा विद्यार्थीहरु आन्दोलित हुदै आएका थिए । करिब ७ सय शैया क्षमताको मेडिकल कलेजलाई धनबहादुर शेरचन नेतृत्वको टोलीले खरिद गरेपछि साउन १५ बाट पढाई सुचारु हुने भएको हो । केही दिनभित्रै सम्पूर्ण व्यवस्थापन हस्तान्तरण भएपछि कलेजको सञ्चालन गरीने शेरचनले बताए । यसअघि कलेजको स्वामित्व ओमप्रसाद पाण्डे नेतृत्वको टोलीसँग थियो । पाण्डे नेतृत्वको समूहले शेरचन नेतृत्वको समूहलाई कलेज बेचेको हो । कलेजमा करिब ३ सय १७ जना विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१