टर्कीमा बम विस्फोट हुँदा २७ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार ११:२४

tarkiएजेन्सी । टर्कीको दक्षिणी क्षेत्र स्थित सुरुक शहर नजिकै रहेको सिरियासँगको सीमा क्षेत्रमा बम विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । सीमा क्षेत्र स्थित सांस्कृतिक केन्द्रको बगंैचामा भएको बम विस्फोटमा करिब १ सय जना घाइते भएको त्यहाको गृहमन्त्रालयलाई उद्धृत गर्दै वीवीसीले जनाएको छ । सांस्कृतिक केन्द्रको बगैचामा सयौं युवा कामदार भोजन गरिरहेको समयमा बम विस्फोट भएको थियो । स्थानिय अधिकारले आत्मघाती बम विस्फोट भएको आशंका गरेका छन् । टर्कीको सुरुक सिरियाको कोबान शहर सँग नजिकै जोडिएको स्थान हो । कोबान शहरलाई इस्लामिक स्टेट समुह आइएसले युद्धभूमिका रुपमा उपयोग गर्दै आएका छन् । आएसको आतंकले गर्दा गत बर्षको सेप्टेम्बर देखि धेरै सिरियाली नागरिक टर्कीको सुरुकमा स्थानान्तरण भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१