जन्मदिनमा सावुन उपहार दिउँन : जेनिफर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार ११:२०

jennifer-lawrenceएउटा कलाकार आफ्नो जन्मदिनमा दिइने उपहार महंगो र शानदार होस् भन्ने चाहन्छन् । तर हलिउडकी चर्चित अभिनेत्री जेनिफर लारेस भने आफ्नो जन्मदिनमा यि चिजहरु कहिले पनि नआओस् भन्ने चाहन्छिन् । आगामी १५ अगस्तमा जेनिफर २४ बर्षमा लाग्दैंछिन् । उनी आफ्नो जन्मदिनमा उपहार दिन चाहनेहरुका लागि सावुन दिन आग्रह गरेकी छिन् र त्यहि अपेक्षा गरेको पनि उनले बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले भनिन् -‘मेरो जन्मदिन नजिकै आउँदैंछ र म मेरो जन्मदिनमा उपहार दिनेहरुले सावुन दिउँन भन्ने चाहन्छु ।’ उनले न्यूयोर्कको ग्रीनविच होटलको सावुन निकै राम्रो लाग्ने पनि बताएकी छिन् । जेनिफर चाहन्छिन् की उनलाई आफ्नो जन्मदिनमा पर्पल र ब्लूरंगको धेरै सावुन उपहार दिउँन । यस पटक जेनिफरले आफ्नो जन्मदिन विशेष तरिकाले मनाउने सोच बनाएकी बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१