मृत शरीरबाट यसरि निस्कियो आत्मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार ११:१२

मानिसको मृत्यु पश्चात के हुन्छ र मानिसको आत्मा कहाँ जान्छ भन्ने कुरामा सबैको आफ्नो आफ्नो मत रहेको छ । कतिले अर्को जन्म लिन्छ त्यहि आत्माले भन्छन भने कतिले एक पटक मरेपछि मानिसको अस्तित्व सकिन्छ पनि भन्ने गरेका छन । आज सम्म पनि मानिसको मृत्यु पश्चात उसको अस्तित्व के हुन्छ भन्ने कुरामा एक मत कसैको भएको भेटिएको छैन । तर धेरै मानिसहरुले मानिसको मृत्यु पश्चात आत्माले अर्कै शरीरमा प्रवेश गरि पुनर्जन्म हुन्छ भन्ने गरेका छन । यो कुरा जे भएपनि रुसी वैज्ञानिक कन्स्टेन्टिन कोरोटकोवले तस्बिर खिच्ने एउटा यस्तो तरिकाको विकास गरेका छन् जसमा मरेपछि आत्मा शरिरबाट निस्केको देख्न सकिन्छ ।

aatmaकोरोटकोभका अनुसार ग्याँस डिसचार्ज भिजुअलाइजेसन मेथड प्रयोग गरेर किरलियन फोटोग्राफीको उन्नत प्रविधिलाई हेर्न सकिन्छ । यो प्रविधिमार्फत आत्माले शरिरलाई छोडेको देख्न सकिन्छ । केही यस्ता प्रविधिहरु छन् जसलाई प्रयोग गरेर अचम्मित गरिदिने खालको फोटो र भिडियो बनाउन सकिन्छ ।’ नाइटो र टाउकोबाट उठेर आत्मा जागेको यो फोटोमा देख्न सकिन्छ । पेट र मुटुको हिस्साबाट यो छायाचित्रमा आत्मा अन्तसम्म गइरहेको देख्न सकिन्छ । ऊर्जा इमेजिङ प्रविधिबाट सबै प्रकारको निगरानीका लागि र वास्तविक समयमा निदान गर्नका लागि प्रयोग गर्न सकिन्छ । यसका साथै यसले मानसिक शक्ति हो कि धोका हो भन्ने बारे पनि जानकारी दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१