मधेसवादी दलहरुको तराईमा बन्द, ५ वटा रात्री बसमा तोडफोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार १०:३७

सर्लाही, ५ साउन । मधेसवादी दलहरुले तराईका केहि जिल्ला बन्द गर्दा आज जनजीवन प्रभावित भएको छ । संविधानको पहिलो मस्यौदामाथी जनताको सलाह सुझाव संकलन गर्न सोमबार देसैभरी आयोजना गरिएको कार्यक्रममा मधेशका केही जिल्लाहरुमा मधेशीमाथि आक्रमण र दमन गरेको भन्दै मधेस केन्द्रीत दलहरुले आज एक दिन बन्दको घोषणा गरेका हुन् ।

banda3बन्दका कारण विहानैदेखी लामो दुरीका ठूला सवारी साधन चलेको छैन भने शैक्षिक संस्था, उद्योग कलकारखानाहरु तथा बजार पसल पनि बन्द भएको छ । सोमबार मस्यौदामाथिको सुझाव संकलनका लागि कार्यक्रम भएका केही ठाउँमा दलका कार्यकर्ताहरु बीच झडप भएको थियो । यसैबीच विभिन्न मधेसवादी दलका नेता कार्यकर्ताहरुले गएराती सर्लाही सदरमुकाम मलंगवामा ५ वटा रात्री बसमा तोडफोड गरेका छन् । आन्दोलित मधेसवादी दलहरुले सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागी छुटेका ५ वटा रात्री बसको सबै सिसा फुटाई दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१