सुवास, विनोद र जितेन्द्रलाई हटाइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार १०:३१

टी-२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेपछि नेपालले स्कटल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सुवास खकुरेल, विनोद भण्डारी र जितेन्द्र मुखियालाई टीमबाट हटाएको छ । घोषित टोलीमा महेश क्षेत्री, पृथु बाँस्कोटा र अभिनाष कर्णलाई टिममा राखिएको छ।

क्षेत्रीले विकेट किपरको भूमिका निभाउनेछन्। क्षेत्री र बाँस्कोटा हाल इंल्याण्डमा क्लव क्रिकेट खेलिरहेका छन्। नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो खेल स्कटल्याण्डबिरुद्ध उसकै घरेलु मैदानमा खेल्नेछ । एक दिवसीय ढाँचाको यो प्रतियोगिताले नेपाललाई डिभिजन एकमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ। क्यानका काबा महासचिव कर्माचारीयका अनुसार सागर र जितेन्द्र मंगलबार साँझसम्ममा काठमाडौं आइपुग्नेछन् भने सुवास र विनोद केही दिनमा आइपुग्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१