मन्त्रीलाई डनहरु कति प्यारो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७२, मंगलवार ०९:३३

kumra-ghaiteकाठमाडौँ ,५ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दीविरुद्ध कडा अप्रेसन सुरु गरेपछि गुण्डाका नाइकेहरु नेता र मन्त्रीको घरमा लुक्न थालेक छन् । आफ्नो पावर देखाउन केही डनहरु मन्त्रीलाई नै आफ्नो कार्यक्रममा बोलाउन थालेका छन् ।
शिक्षामन्त्री चित्रलेखा यादब गत साता डन कुमार घैटैंको कार्यक्रममा प्रमुख अतिथि बनिन् । डन घैंटेले अपराधीक गतिविधिबाट कमाएको पैसाबाट सामाखुशी क्लबमार्फत केही बिद्यार्थीहरुलाई पैसा बाँडेका थिए । गत १७ गते आयोजित कार्यक्रममा घैंटेले मन्त्री यादबमार्फत पैसा बाँडेका हुन् । सोही कार्यक्रममा घैंटले मन्त्रीदेखि सभासद्लाई आफ्नो कार्यक्रममा ल्याएपछि सामाखुशीका गुण्डापिडित सर्वसाधरणहरु आश्चर्यमा परेका थिए । घैंटेका प्रमुख संरक्षक रहेका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमेनदास प्रधान समेत सो कार्यक्रममा उपस्थित थिए । ामाखुशी क्षेत्रकै केही कलेजका बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । तीनै कलेजहरुमा घैंटेले धम्काएर पैसा असुल्ने गरेका छन् । पहिला सामुदायिका प्रहरीमार्फत उनी राजनीतिक गतिविधिमा लागेकोमा पछिल्लो समयम सामाखुशी क्लबमार्फत उनी यस्तो काममा लागेका छन् ।
एसएसपी पुष्कर कार्की अपराध महाशाखाको प्रमुख हुँदासम्म घैंटे ज्यान बचाउन अधिकांश समय बिदेशमा लुकेका थिए । कार्की महाशाखाबाट सरुवा भएलगत्तै उनी फेरी सक्रिय हुन थालेका छन् । कांग्रेस नेता गगन थापाको समेत नाम बेचेर उनले विभिन्न व्यक्तिलाई धम्काउने गरेका छन् । केही प्रहरी अधिकारीलाई पनि आर्थिक प्रभावमा पारी उनले निकट सम्बन्ध बनाएका छन् ।
कांग्रेसको भूकम्पपछिको उद्धार स्वयम्सेवा अभियानमा झुक्याएर उनी वालुवाटार छिरेका थिए । त्यसबेला प्रधानमन्त्रीले नै उनलाई टिका लगाएर बिदा गरेका थिए । डनलाई आफ्नो कार्यक्रममा ल्याएको थाहा पाएपछि प्रधानमन्त्री पछि रिसाएका थिए । गत शुक्रबारबो कार्यक्रममा उनले गगन थापालाई समेत बोलाएका थिए । तर आफ्नो बदनाम हुने भएकाले थापा जान नमानेको स्रोत बताउछ । घैंटे पछिल्लो समयका सर्वाधिक धनी गुण्डा नाइकेका रुपमा चिनिन्छन् । केही समयअघि उनले टेबुल अगाडि एक करोड पैसा राखेर खिचेको फोटो राखेका थिए । राजनीतिक संरक्षणकै कारण उनको सम्पती छानबिन समेत हुन सकेको छैन ।

साभार- दृष्टि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१