अब फेसबुक पासवर्डबिनै खुल्छ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार १४:०२

एजेन्सी । के तपाईंलाई थाहा छ, केही मानिसले तपाईंको फेसबुक अकाउण्ट पासवर्ड बिना नै खोल्न सक्छन् ! उनीहरुलाई कुनै पनि फेसबुक अकाउण्ट खोल्न पासवर्डको आवश्यकता नै पर्दैन । यो विशेष अधिकार सामान्य मानिसमा भने छैन । फेसबुकले आफ्ना विशेष कर्मचारीलाई कुनै पनि अकाउण्ट विना पासवर्ड खोल्ने सुविधा दिएको छ ।

faceवेंटरबीट नामक वेवसाइटका अनुसार, यो अनुशासनका साथ प्रवन्धित हुने उपभोक्ता सहयोग प्रणाली हो । यहाँ विश्वास उल्लंघन गर्ने कर्मचारीलाई तुरुन्तै कामबाट निकालिन्छ । वेवसाईटले आफ्नो एक रिपोर्टमा फेसबुकका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘सबै फेसबुक अकाउण्टलाई विना पासवर्ड खोल्ने स्वतन्त्रता केही विशेष कर्मचारीहरुलाई दिने गरिएको छ, जुन केही निर्धारित कामका लागि हो । निर्दिष्ट कर्मचारीले आफ्नो कार्यसँग सम्बन्धित कुनै पनि अकाउण्ट विना पासवर्ड खोल्न सक्छन् ।’

उनले अघि भनेका छन्, ‘संदिग्ध व्यवहारको जाँचका लागि यस किसिमको प्रणाली स्थापित गरिएको हो । यो विशेष व्यूरोले हरेक साता आफ्नो रिपोर्ट तयार पार्छ, जसलाई स्वतन्त्र सुरक्षा दलले पुनरसमिक्षा गर्ने गरेको छ ।’ अनुचित व्यवहार र नियम उल्लंघन गर्नेहरुका लागि फेसबुकको रबैया निकै कडा छ । कुनै पनि किसिमको दुरुपयोग उनीहरुले गरेको पाइएमा तुरुन्तै निकालिदिने गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१