जनकपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप, दर्जनौं प्रदर्शनकारी घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार १२:२५

जनकपुर, ४ साउन । संविधानको मस्यौदाको सुझाव संकलस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा जनकपुरमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । संविधानको प्राराम्भीक मस्यौदालाई जनतामाझ छलफल गराउन खोज्दा त्यसको विरोधमा उत्रेका मधेसवादी दल र प्रहरीबीच जनकपुरमा झडप भइरहेको छ । सोमबार जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सुझाव संकलनका लागि पुगेका सभासद्ह मिनाक्षी झा, प्रमिला दास र लिला कोइराला सभाकक्षमा प्रवेश गरेपनि सर्वसाधारणलाई प्रवेश निशेध गरिएको छ ।

janakनागरिकलाई प्रवेश नदिएपछि कस्तो छलफल हुने हो भन्ने प्रश्न गर्दै सभाकक्षमा प्रवेश गर्न खोजेका सर्वसाधारण र प्रहरीबीच अहिले झडप भइरहेको छ । त्यस्तैं संविधानको प्रारम्भिक मस्यौदामथि सुझाव संकलनका लागि महोत्तरीको जलेश्वरमा भएको कार्यक्रमलाई मधेस केन्द्रीत दलले अवरोध पुर्‍याएका छन्। क्षेत्र नम्बर ३ अन्तर्गत जलेश्वरस्थित जिल्ला विकास समितिको सभाहलमा हुन लागेको कार्यक्रममा उनीहरू आएर नाराबाजी र तोडफोडमा उत्रिएपछि कार्यक्रम अवरोध भएको हो। कार्यकर्ताले नाराबाजी गर्दै माइक र पोडियममा तोडफोड गरेका थिए। प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको थियो। जलेश्वरमा सुझाव संकलनको लागि सभासद रामदयाल मण्डलसहितको टोली आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१