अर्थमन्त्रीमाथि पनि आक्रमण, अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार ११:३७

नुवाकोट, ४ साउन । संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाब लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ पुगेका अर्थमन्त्री डा.रामशरण महतमाथि पनि आक्रमणको प्रयास भएको छ । अर्थमन्त्री चडेको गाडीलाई लक्षित गर्दै अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको बताइएको छ । नुवाकोटको खरानीटारमा आयोजित सुझाव संकलन कार्यक्रममा जाँदै गर्दा ढिकुरे पुगेपछि महतमाथि आक्रमण प्रयास भएको हो । अर्थमन्त्री चडेको गाडीमा आक्रमण गर्ने व्यक्तिको खोजी कार्य जारी राखिएको नुवाकोट प्रहरीले जानकारी दिएको छ । त्यस्तैं आजैं नेकपा एमालका नेता तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपालको गाडी पनि तोडफोड गरिएको छ ।

????????????????????????????????????

संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाब लिन आफ्नो निर्वाचन क्षेत्र गौर पुगेका नेता नेपालको गाडी समेत तोडफोड गरिएको हो । मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ। मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्। रौतहट क्षेत्र नं १ अन्तरगत नगरपालिकाको सभाहलमा सोमबार बिहानै सुझाव संकलन कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र, रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सहभागिता थियो । सभा हलमा स्थानीयवासीले पनि छिर्न पाउनुपर्ने माग गरिरहेका बेला सदभावना पार्टीकी सभासद डिम्पल झा र नेता अनिल झाले प्रवेश गर्नेबेलामा सर्वसाधारण समेत प्रवेश गर्न खोजेका थिए । सर्वंसाधारणलाई प्रवेशमा रोक लगाइएपछि झडप सुरु भएको थियो । विरोध प्रदर्शनमा स्थानीय जनतासँगै मधेसवादी दलका कार्यकर्ताहरु पनि सहभागी छन् । उनीहरुले सुझाव दिने कार्यक्रममा आफूहरुले पनि प्रवेश गर्न पाउनुपर्ने माग गरेका छन् । झडपपछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१