प्राविधिक शिक्षा तालिम परिषद्को उपाध्यक्षमा बस्नेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार ११:२६

काठमाडौं, ४ साउन । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्षमा डा. कुलबहादुर बस्नेतलाई नियुक्ति गरेको छ । शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई नियुक्ति गरेको हो । उनी सीटीइभीटीको स्थापना कालदेखि कार्यरत छन् । २५ बर्षअघि कर्णाली प्राविधिक शिक्षालयको प्रशिक्षकबाट जागिर सुरु गरेका उनले कोरियाबाट प्राविधिक बिषयमा विद्यावारिधी गरेका हुन् ।

basnetसिफारिस समितिले उपाध्यक्षमा बस्नेत, हरी प्रधान र जयबहादुर टण्डनको नाम सिफारिस गरेको थियो । बैठकले त्रिभुवन र संस्कृत विश्वविद्यालयमा लामो समय करारमा काम गरेका भारतीय शिक्षकलाई निवृत्ति भरण दिएर विदा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले जानकारी दिए । पाँच देखि १० बर्षसम्म सेवा गरेका शिक्षकलाई आधा महिना बराबरको, १० देखि १५ बर्ष सेवा गरेकालाई एक महिना बराबरको र १५ बर्ष भन्दा माथि सेवा गरेकालाई डेढ महिना बराबरको तलव निबृतिभरणका रुपमा दिइने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१