भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा हिमाल र नन्दिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार १०:५१
nanditaचर्चित गायक हिमाल सागर र नायिका नन्दिता केसी यति बेला अमेरिकामा नेपालका भूकम्पपीडितको सहयोगार्थ आयोजना भइरहेको कार्यक्रममा सहभागी भइरहेका छन् । नेप्लीज एन्ड फ्रेन्ड्स कल्चरल एसोसिएन (एनएएफसिए) ले अमेरिकाका विभिन्न शहरहरुमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन हिमाल र नन्दिता अमेरिका पुगेका हुन् । यूएसए टर-२०१५ शीर्षकको यो कार्यक्रममा हिमाल र नन्दितालाई अमेरिकामै रहेका नेपाली कलाकारहरुले पनि साथ दिइरहेका छन् । यी कलाकारहरुले हालसम्म क्यालिफोर्नियामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । उनीहरुले जुलाई १७ मा सान फ्रान्सिस्कोका दोस्रो कार्यक्रम प्रस्तुत गर्दैछन् । त्यसपछि यही कार्यक्रम लस एञ्जलस, न्यूयोर्क, भर्जिनिया तथा एट्लान्टामा समेत आयोजना गरिने गायक हिमाल सागरले जानकारी दिए । भूकम्पपछि नेपाल असुरक्षित छ भन्ने भ्रम चिर्न पनि आफु अमेरिकामा आयोजना भइरहेको कार्यक्रममा सहभागी भएको नायिका नन्दिता केसीले बताएकी छिन् । उनी केहि महिनापछि नेपाल आउँने पनि बताइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१