आइएस विरुद्व बेलायतले कठोर कदम चाल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार १०:३४

belayatएजेन्सी । इराक र सिरियमा सक्रिया विद्रोही संगठन आइएस विरुद्व बेलायतले कठोर कदम चाल्ने भएको छ । एक अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले अमेरिकासँगको सहकार्यमा विद्रोही समूह विरुद्व सहयोगको प्रतिबद्वता गर्नुभएको हो । बेलायती सांसदहरुले दुई वर्षअघि लडाकु विरुद्वको कारवाहीको प्रस्तावमाथि विरोध जनाएका थिए । यसैबीच बेलायती प्रधानमन्त्री क्यामरुनले सो समूहसँग आबद्व हुन चाहने युवाका लागि भोलि आफ्नो धारणा सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्रोही समूह आइएस विरुद्व आफुले जस्तोसुकै कदम चाल्ने प्रधानमन्त्री क्याम्रुनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१