खेलकुद भित्र देखिएका विवादहरुको जड निजी स्वार्थ : सचिव विष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार १०:३१

keshabराष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुद भित्र देखिएका विवादहरुको जड निजी स्वार्थ रहेको बताएका छन् । आवरणमा राजनीतिक देखिएपनि खेलकुद भित्रका ९० प्रतिशत समस्या निजी आकांक्षाले उत्पन्न भएको बताए। खेलकुद पत्रकार मञ्चले आज राजधानीमा आयोजना गरेको स्वागत कार्यक्रममा सदस्य सचिव विष्टले संघभित्र रहेको विवाद हल गर्न अबको तीन महिना भित्र ऐतिहासिक निर्णय लिने दावी गरे । खेल संघ भित्रको समस्याको पहिचान भैईसकेको जानकारी दिदै उनले समाधानकालागि काम सुरु भईसकेको बताए । व्याक्तिकालागि अप्रिय लागे पनि फुटबल, क्रिकेट, कराते र तेक्वान्दो संघ भित्र देखिएको विवादमा तीन महिना भित्र वोल्ड डिसिजन लिने उनको भनाई थियो ।

प्रतिक्रिया