बस न. ७५६

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार १६:१५

पुरुषोत्तम भण्डारी

11759510_1038941606116421_339818120_n

 

आजको शिर्षक अलिक बेग्लै खालको छानेको छु ! यो कुनै एक प्राइभेट स्कुलको बसको नम्बर हो तर कुनस्कुलको को हो भन्ने बारेमा चाहिं म केहि जान्दिन ! एकदिन को कुरो हो , हालसालै है , महाभुकम्प पछिकै कुरो हो! म एउटा प्राइभेट गाडीमा परिवारका केहि सदस्य संगै इटहरी तर्फ जाँदै थिएँ ! अचानक यो बसले हामीलाई उछिनेरअघि लाग्यो ! प्रायजसो : प्राइभेट गाडी छिटो दौडाउछ्न तर यो बसले त हामि चढेको प्राइभेट गाडी लाई पनि उछिनेर , झन् छिटो पो दौडायो ! मैले गुरुजी लाई सोधें ,” किन यसरि अत्तालिएर गाडी हाँकेको ?” गुरुजीले भन्नुभयो ,” स्कुलको गाडी हो , स्कुल पुग्न हतार होला , दश त यहीं बजिसक्यो , छिट्टै पुग्न होला !”मैले भने,”स्कुलको गाडी त झन् छिटो हाँक्न नहुने हो ! स-साना बाल-बालिका कत्ति डराएका होलान ! भर्खर खाना खाएरहिडेका होलान ! खाना बोमिट

हुने सम्भावना हुन्छ ! त्यो भन्दा पनि ठुलो कुरो त गाडी दुर्घटनामा पर्यो भने के होलाभन्ने डर कस्तो नभएको ? स्कुलका गाडीहरु यसरि कुदाउन मिल्छ र ?” गुरुजीले भन्नुभयो,” हाम्रो देशमा जसले जेगरे पनि हुन्छ ,सर !” जसले जे गरे पनि हुनेभए , तपाईंले चाहिं किन ओभरटेक नगरेको त ? तपाईंको यो सानो गाडीत झन् छिटो कुद्छ होला , हैन र ? मैले गुरुजी लाई सोधें ! गुरुजीले भन्नुभयो,” सर , म यत्ति छिट्टै मर्न चाहान्ननि , मलाई अझै यो संसार हेर्नु छ !” मैले भने,” ए ! तपाईं लाई चाहिं संसार हॆर्न मन छ , तर ति स-साना बाल-बालिका लाई चाहिं छैन होला त ? यसमा अलिकति भए पनि तपाईं पनि दोषी हुनुहुन्छ ! तपाइंले किन यो गाडी लाईओभर-टेक गर्न दिनुभएको ?” त्यसपछि गुरुजी छक्क पर्नुभयो र भन्नुभयो ,” हो त नि , हगि ! मैले बाटो नदिएकोभए त उ अझै हाम्रै पछि हुन्थ्यो !”

के हामीले सुरक्षित ठानेर रोजेका स्कुल र स्कुल बस हरु सांचै सुरक्षित होलान त ? प्रश्न उठ्न सक्छ ,स्कुलबस मात्रै किन ? अरु चाहिं सवारीका कुन त्यस्ता साधन छन , जुन शुरक्षित हुन्छन र ? हो, हाम्रो देशमा केहीकोपनि सुरक्षा छैन र कसैको पनि शुरक्षा छैन ! जता हेर्यो त्यतै लथा-लिङ्ग छ ! चारैतिर अराजकता छ ! तर त्यसो भन्दैहामि गैर-जिम्मेवार हुने कि हामीले हाम्रो जिम्मेवारी सम्झिएर कार्य गर्ने ? सबै भन्दा सचेत क्षेत्र भनेको शिक्षाकोक्षेत्र हो ! शिक्षा प्रदान गर्ने शिक्षालयहरुले पनि आफ्नो संवेदनशीलता देखाएनन भने अरु कसले पो देखाउला र ?याहाँ प्रश्न उठ्न सक्छ , के स्कुलको प्रिन्सिपलले गाडी चालक लाई छिटो-छिटो गाडी हाँकेर दुर्घटनाको जोखिममागाडी हाँक भनेर सिकाएको हुन्छ र ? हुँदैन, पक्कै पनि सिकाएको हुँदैन किनभने अचेलभरिका व्यापारीले चलाएकाशिक्षालयमा सिकाउनु पर्ने त्यस्ता धेरै कुराहरु छन , जुन शिक्षालयले सिकाएकै हुँदैनन् ! गाडी-चालक लाई समयभित्रै स्कुल बस नल्याएमा गालि गरिन्छ ! एउतै बस भित्र सिट भन्दा बढी बिद्यार्थी कोचेर राखिन्छ ! बस यत्तिहतारमा हुन्छ कि भनौ त भने बाल-बालिका लाई राम्ररि चढ्न र ओर्लिन पनि पर्याप्त समय दीइदैन , ढोका ढ्याक-ढ्याक पारेर हिडाउना नै हतार भैरहेको हुन्छ ! कुनै पनि गाडी चालक लाई कुनै पनि विद्यालयले कुनै पनि प्रकारकोदिनु पर्ने तालिम दिएकै हुदैन , न त साप्ताहिक न त माषिक ! गएर आफ्ना बाल-बालिका पढ्ने स्कुलमा छड्के जांचगर्नुस त , ट्वाइलेटमा हात धुने साबुन राखेका छन कि छैनन , थाहा पाई हाल्नु हुन्छ नि , के के सिकाउछ्न भनेर !

परिणामस्वरूप , स्कुलका बाल-बालिका बोक्ने गाडीहरु समेत रेसको मैदानमा दौडिन उतारिएका घोडा जसरि अन्धा-धुन हाँकीन्छन , न तिनका चालक लाई ति स-साना बालबालिकाको चिन्ता छ , न त ति ब्यापारी शिक्षालयकामालिक लाई नै छ , चिन्ता छ त केवल जसरि भए पनि बाल-बालिका बोक्न पठाएको गाडी चाहिं दश बजे भित्रस्कुलको गेट भित्र छिरिसकेको हुनुपर्ने , चिन्ता छ ! हामि अभिभावकको चिन्ता चाहिं के हो भने आफुले खाई-न-खाई जम्मा गरेको पैसा , हाम्रा शिक्षालयहरुले विभिन्न बहानामा यत्ति निर्मम तरिकाले चुसिरहेका हुन्छन कि त्यत्ति निर्मम तरिकाले त कुनै नर-भक्षी जंगली पशुले पनि आफ्नो शिकार लाई चुस्दैन होला ! अहिलेकै उदाहरणहेरौं न , महा-भूकम्पले थिल-थिलो बनाएर भर्खर -भर्खर यसो सास धान्ने मेलो जुट्दा -न -जुट्दै, हाम्रा बाल-बालिकाले पढदै -न-पढेको फिस र चढ़दै -न-चढेको गाडीको भाडा तिर्नु अरे ! यत्ति अनैतिक र यत्ति निर्मम ब्यबहारत जंगली नर-भक्षिले पनि गर्दैन होला ! तर्क चाहिं के दिन्छन , थाहा छ ? बैंकबात लिएको ब्याज तिर्नुपर्छ अरे, घाटाहुन्छ अरे ! ए ! बाबा ! हामीलाई तिमीहरुले कहिले पो नाफा चाहिं बाँडेका छौ र ? अरुबेला त हामि बोलेनौ , बोलेनौ !यस्तो विपदको बेलामा पनि तिमीहरु लाई नाफा नै चाहिएको छ ? तिमीहरुमा मानवता भन्ने कुरो हुँदै नभएको होकि बिर्सिएका ?

हुन त हामि अभिवावक पनि पट मुर्ख छौं या भनौं सुकुल छौं ! हामि हाम्रा घर–आँगनमा भएका स्कुल लाई हेला गर्छौंर के के न हगि देलान भनेर दुधे बाल-बालिका लाई समेत गाडी चढाएर पचास कोष टाढाको स्कुलमा पुर्याउछौं ! नजिकको तिर्थ हेला भनेझैं , हाम्रा नजिकका स्कुल त हेलित भैहाले नि ! बिहान दश बजे स्कुल पुग्नुपर्ने बाल-बालिका आधा पेट पनि नखाई बिहान आठै बजे देखि ड्रेस लगाएर सडकमा उभिएर स्कुल-बस कुर्छन ! नजिकैकोस्कुलमा भए त कमसेकम बिहान भरि पुस्तक पढ्ने , गृह-कार्य गर्ने र बाउ-आमा संग अन्तरक्रिया गर्ने समय तपाउथे , बिचरा ! सधैं हतार !हतार ! न बाउ-आमा लाई शान्ति छ , न बाल-बालिका लाई ! सबै लाई टेन्सन !टिफिनमा खाजा हाल्ने लाई भिन्नै टेन्सन , स्कुल ड्रेस लाईदिनु पर्ने अर्को टेन्सन , बाटो सम्म लैजानु पर्ने झन् ठुलोटेन्सन ! बेलुकी स्कुल बसले सारा शहर घुमाएर कतिबेला घर ल्याइपुर्याउने हो त्यो अर्कै टेन्सन ! आउने बित्तिक्कैगलेर लखतरान भएका बाल-बालिका लाई फेरि ट्युसनको नाममा दिने यातनाको भिन्नै टेन्सन ! ए ! बाबा ! ट्युसननै हाल्नुपर्ने भए त्यो पचास कोष टाढाको स्कुलमा किन पुर्याएको हौ ,ति स-साना बाल-बालिका लाई ? हरे ! शिव !हामि अभिभावक लाई चाहिं कसले दिने बुद्धि ? धन्न ! त्यो पैसो चाहिं कसरि आको छ को नि ? बुद्धि त एकरत्ति छैन हामीसंग ! बुद्धि भएको भए, हाम्रा बाल-बालिकाको पढाई राम्रो भैहाल्थ्यो नि ! बुद्धि भैदिएको भए त हामि ढुक्कभैहाल्थ्यों नि ! त्यहि बुद्धि नभएर त हो नि , कहिले हामि हाम्रै बाल-बालिका पढ्दै पढ्दैनन भनेर अरुलाई सुनाउछौँ तकहिले आफ्नै बाल-बालिका लाई ठटाउछौँ !

त्यसो भए के गर्ने त ? राम्रो स्कुलमा आफ्ना बाल-बालिका लानै नहुने ? हामि अभिभावकहरु लाई यस्तो भावनाआउन सक्छ ! तर म आफैं पनि एउटा शिक्षक भएको र मेरो आफ्नै पेशामा ३५ बर्ष सम्म पाएको अनुभवले त केभन्छु भने “राम्रा स्कुल ” भन्ने जुन भनाई छ , यो भनाई नै भ्रमपूर्ण छ ! किन ठुला स्कुल राम्रा छैनन् र ? राम्रा नभएकिन नाम चलेका त ? यस्ता कुराहरु मनमा आउन सक्छन ! तर म भन्छु कि ठुला र नाम चलेका मात्रै हैनन् किसाना र नाम नै नचलेका स्कुल पनि राम्रा हुन सक्छन तर कुन कुरा लाई राम्रो र कुन कुरा लाई नराम्रो भनिएको हो ,त्यो चाहिं प्रष्ट हुनुपर्छ ! ठुला-ठुला भवन भएका उज्यालो रंग लाएका , ठुला ठुला गेट भएका , ठुला-ठुला गाडीभएका अनि ठुला ठुला विज्ञापन दिएर झ्याली पिटाईएका स्कुलहरु लाई राम्रा भन्न खोजिएको हो भने भिन्नै कुरा ,नत्र भने राम्रो पढाई त सानामा पनि हुन्छ ! साना स्कुलमा पनि राम्रा शिक्षक हुन्छन ! ठेलम ठेल बिद्यार्थी भएका ,कुनै पनि शिक्षकले आफ्ना बिद्यार्थी नै नचिन्ने अवस्था भएका , गृह-कार्य कहिल्यै हेर्न फुर्सद नभएका , हेरी हालेपनि सहि या गलत छुट्याएर करेक्सन नगरिदिने व्यहोरा भएका , काउन्सिलिङ्ग गरेर पढाउने क्षमता नभएका रअरु संग उठेको रीस बिद्यार्थी माथि पोख्ने बानि-व्यहोरा भएका नराम्रा शिक्षक त साना-हुन् कि ठुला जहीं पनि हुनसक्छन वा भनौं त्यस्ता शिक्षक नहुन पनि सक्छन ! हामीले फलाना स्कुलमा आफ्ना बाल-बालिका हालेका छौं , अबचाहिं हामि ढुक्क छौं भनेर ढुक्क संग सुत्न पाउने कुन चाहिं त्यस्ता बिद्यालय हुन्छन र हामि हाम्रा बाल-बालिकालाई आफ्नो घर भन्दा पचास कोष टाढा पुर्याउन कम्पिटिसन गर्छौं ? जुन जोगी आए पनि कानै चिरिएका भनेजस्तै सबै स्कुल उस्तै हुन् !कुनै कुरामा फरक छैनन् ! त्यसैले म त भन्छु हामीले त्यस्तो कुनै भ्रम पाल्नु हुदैन , जुनभ्रमले हाम्रा बाल-बालिकाले दु:ख पाईरहेका छन ! यत्ति सानै उमेर देखि उनीहरु तनावमा छन , रुखो बोल्छन ,कसैले भनेको टेर्दैनन र देखा-सिखीमा भौंतारीइ रहेका छन , आफु पनि तनावमा छन र हामी अभिभावक लाई पनितनाव दिएका छन !

के त्यसो भए , हाम्रै घर-आँगन अगाडी खुलेका स्कुलले राम्रो पढाउछन त ? अँह ! तिनीहरुले पनि राम्रो पढ़ाऊँदैनन्! !अनि कहाँ लैजानु त ? यी पनि राम्रा छैनन् , ति पनि टाढा छन भने काहाँ पढाउनु त ? पढाउन त हाम्रै घर-आँगनअगाडिका स्कुलले पनि राम्रो पढाउछन तर हामीले सोचे जस्तो राम्रो पढाउदैनन् ! किनभने हामीले पहिले नै भ्रम पालेका छौं कि नजिकका स्कुलले राम्रो पढाउदैनन् , टाढाका स्कुलले मात्रै राम्रो पढाउछन ! हामीले यस्तो भ्रमफाल्नु पर्छ र म त भन्छु घर-आँगन अगाडिकै स्कुलमा पढाउनु पर्छ ! उनीहरुले पनि पढे-लेखेका राम्रा शिक्षकराखेका हुन्छन , फरक यत्ति हो कि ति शिक्षक -शिक्षिका लाई तपाईं हामि चिन्छौं तर टाढाका शिक्षक-शिक्षिका लाईचिन्न्दैनौं ! हाम्रा बाल-बालिका हाम्रै घर-आँगन का स्कुलमा पढाउनु पर्छ किनभने उनीहरु हाम्रा आँखा अगाडीहुन्छन ! हामीले उनीहरु संग आफ्ना बाल-बालिकाको पढाईको बारेमा सोध-पुछ गर्न सक्छौं ! उनीहरु संग गुनासोगर्न सक्छौं ! के गर्दा हाम्रा बाल-बालिकाको पढाईको स्तर उकास्न सकिन्छ भन्नेर छल-फल गर्न सक्छौं ! कमसलशिक्षक राखेका छन भने असल शिक्षक राख्नुस भनेर दवाव दिन सक्छौं ! बाल-बालिकाको पढाई राम्रो हुन त अभिभावक र स्कुल दुवै पो संग-संगै लाग्नु पर्छ त ! के स्कुलले मात्रै पढ़ाएर हाम्रा बाल-बालिका सप्रिने हुन् र ?जसरि एउटा रथका दुवै पाङ्ग्रा बलिया नभई त्यो रथ गुड्न सक्दैन , त्यसरी नै हाम्रा बाल-बालिकाको पढाईको स्तरबढाउनको लागि हामि अभिभावक र स्कुल दुवै बलिया हुनुपर्छ , दुबैमा हेलमेल हुनुपर्छ र दुबैले एक-अर्काको समस्याबुझ्ने कोशिश गर्नुपर्छ ! यहाँ त कस्तो चलन छ भने नजिकको तिर्थ हेला भएझैं , नजिकका स्कुल त काम नै नलाग्नेजस्तो गरिन्छ ! यो कुरामा एक्लो रुपले न त अभिभावकको गल्ति छ , न त स्कुलको ? दुबैको सम्बन्ध जोगी रभैंसीको जस्तो छ, जोगीले भैंसी देखे तर्सिएर भाग्ने , भैसीले जोगी देख्ता भैंसी तर्सिएर भाग्ने जस्तो ! स्कुल रअभिभावक को सम्बन्ध त नङ र मासुको जस्तो पो हुनुपर्छ त ! तर दु:खका साथ् भन्नु पर्छ कि , यस्तो राम्रोसम्बन्ध लाई पनि केहि ब्यापार -मुखी स्कुलहरुले बिगारेर कुरुप बनाएका छन , न अभिभावकको मर्म बुझछन , नत विद्यार्थीको भावना नै बुझछन ! उनीहरुलाई कसैको भावना संग मतलव छैन , मतलव छ त केवल पैसाकों ,केवल नाफाको !

त्यसैले बरु आफ्नै घर-आँगन अगाडिका स्कुलमा हाम्रा बाल-बालिका पढ्न पठाऊँ ! पचास कोष टाढाका स्कुलमामरिहत्ते गरेर नपठाऊँ ! यसो गर्यौं भने स्कुलले धेरै गाडी थप्नु पर्दैन ! सडकमा गाडी थोरै भए भने सडक पनि धेरैभिड हुँदैनन् ! वातावरण पनि प्रदुषित हुन पाउँदैन ! जत्ति धेरै गाडी- उत्ति धेरै धुँवा र धुलो ! अर्काको देश बाट किनेरल्याएको पेट्रोल र डिजेल किन्न कोलागि लाईन पनि लाग्नु नपर्ने ! सबै भन्दा मूल कुरो त हाम्रा बाल-बालिका लेजोखिमपूर्ण यात्रा पनि गर्नु नपर्ने ! आफु ढुक्क भएर काम गर्न पाईने !त्यसैले बेलैमा सोचौं , भोलि समय गुज्रीसकेपछि ,ज्या ! है ! भनेर के पो होला र ?

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१